चौथो संस्करणको ‘नेशनल सोसल वेलफेयर अवार्ड’ आयोजना हुँदै

काठमाडौं। सिजन मिडियाले यस वर्ष पनि काठमाडौँमा ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ गर्ने भएको छ ।
माघ अन्तिम साता हुने उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरूमा नेपाल र नेपालीको दुःख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिनेछ । विभिन्न मानवीय, महामारी, वाढी पहिरो भूकम्प तथा प्राकृतिक प्रकोपको विषम अवस्थामा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्था साथै निरन्तर रूपमा सामाजिक सेवाभावले समाज रहेर काम गर्नेलाई यसपटक पनि विशेष सम्मान गरिनेछ ।
हरेक मानिस वा समाजमा रहेका विविध समस्या परेको समयमा सानोभन्दा सानो सहयोगले पनि ठूलो महत्व पु¥याएको हुन्छ भने समुदायको जीवनरक्षा गर्न बल पुगेको हुन्छ । सामाजिक क्षेत्रमा उनीहरूले दिएको योगदानको शब्दमा समेत उतार्न असम्भव नै हुन्छ ।
समाजका ती विशेष व्यक्तिलाई यसपटक संस्थाले अवार्ड तथा सम्मान प्रदान गरी उनीहरूको काम गर्ने सोच र सामाजिक दायित्वलाई हौसला दिन लागिएको हो,ु सिजन मिडियाले भनेको छ ।
यस्तै सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील अन्य व्यक्तित्व तथा संस्थालाई पनि सम्मान प्रदान गरिनेछ ।
सिजन मिडियाका कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड यहि चैत्र १३ गते राष्ट्रिय नाचघर जमलमा गर्न लागिएको जानकारी दिएइन्।
Latest News
- ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ को छैटौँ संस्करण काठमाडौँमा आयोजना हुने
- अस्ट्रेलियामा सीजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड हस्तान्तरण सम्पन्न !
- एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ बिदेशी सहित २८ जना सम्मानित
- सिजन मिडियाले ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५’ छैटौं संस्करण कार्यक्रम गर्दै
- सिजन मिडियाद्धारा राष्ट्रिय समाजसेवा सम्मान २०२४ प्रदान