Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

मिस इकलेज २०२४ का प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा


काठमाडौं, मिस इकलेज २०२४ का प्रतियोगीहरुले आफ्नो प्रतिभा देखाउने कार्यक्रम सम्पन्न भएको छ ।

सिजन मिडियाद्धारा आयोजना गरिएको मिस इकलेज २०२४ मा सहभागी १६ जना प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा काठमाडौं सानो भ¥याङ्ग स्थित स्वतिश्री गुरुकुल स्कुलको सभाहलमा देखाएका थिए ।


उक्त कार्यक्रममा जेनीसा वज्रचार्य, इप्सा मान्नधर, आरती धिमाल, विद्या भट्टराई, सिम्रन चौधरी, समिक्षा चौधरी, सृष्टि साही, आर्जु पौडेल, अन्जली चौधरी र स्वस्तिका वज्रचार्यले नेपाली गितमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।

त्यसै गरि रसिला थापाले मायाँ पिरती र अर्चना चौधरीले माया बोलको नेपाली गित गायन मार्फत आफ्नो आन्तरिक प्रतिभा देखाएका थिए । प्रकृति चौधरी र सुमीत्रा सापकोटाले म र मेरो गाउँको विषयमा आफ्नो धारणा राखेकी थिए त्यसैगरी रुविना पाण्डे र कुमारी कटुवालले कविता मार्फत आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा निर्णायक मंण्डलमा मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी , मिसेस व्यूटी क्वीन नेपालकी विजेता तथा व्यूटिसियन लसता साक्य र विमान परिचारिका मिरा खनाल र पत्रकार लक्ष्मी खतिवडा रहनु भएको थियो ।
उक्त प्रतियोगिताको अन्तिम प्रतिष्प्रर्धा आगामी चैत्र १३ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ ।