Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्ने


काठमाडौं । सिजन मिडियाले आफ्नो १५औं स्थापना दिवस तथा संविधान दिवस २०८० को अवसर पारेर असोज १५ गते काठमाडौंमा एसियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरुलाई ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ को चौथो संस्करण आयोजना गर्ने भएको छ ।

सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशील व्यक्तित्वको काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उद्देश्यले विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको मिडियाले जनाएको हो ।

देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा उहाँहरुले गर्नुभएको काम तथा सामाजिक योगदानलाई शब्दमा बयान गर्नु असम्भव नै हुन जान्छ । समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले एशियन मुलुकमा विभिन्न पेशा व्यवसायमा कार्यरत सफल व्यक्तिलाई अवार्ड प्रदान गरी उनीहरुको काम गर्ने सोच, व्यवसायिक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न लागिएको हो ।

सन् २०१९ मा मलेसियामा सम्पन्न भएको प्रोफेशनल अचिभमेन्ट अवार्डको दोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो संस्करण दुबईमा सम्पन्न भएको थियो । यस वर्षको कार्यक्रम नेपाललगायत एशियन मुलुकका विभिन्न व्यवसायिक व्यत्तित्वहरुलाई नेपालमा आमन्त्रण गरी सम्मान गर्ने लक्ष्य राखिएको मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

‘सबै व्यवसायिक क्षेत्रका सम्मानित व्यक्तित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं उनले भने, सकारात्मक सोच राखौं, व्यवसायिक तथा सामाजिक दायित्व पूरा गरौं र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौं भन्ने कार्यक्रमको ध्येय रहेको छ ।