मिस इकलेज २०२४ का प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा
काठमाडौं, मिस इकलेज २०२४ का प्रतियोगीहरुले आफ्नो प्रतिभा देखाउने कार्यक्रम सम्पन्न भएको छ ।
सिजन मिडियाद्धारा आयोजना गरिएको मिस इकलेज २०२४ मा सहभागी १६ जना प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा काठमाडौं सानो भ¥याङ्ग स्थित स्वतिश्री गुरुकुल स्कुलको सभाहलमा देखाएका थिए ।

उक्त कार्यक्रममा जेनीसा वज्रचार्य, इप्सा मान्नधर, आरती धिमाल, विद्या भट्टराई, सिम्रन चौधरी, समिक्षा चौधरी, सृष्टि साही, आर्जु पौडेल, अन्जली चौधरी र स्वस्तिका वज्रचार्यले नेपाली गितमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
त्यसै गरि रसिला थापाले मायाँ पिरती र अर्चना चौधरीले माया बोलको नेपाली गित गायन मार्फत आफ्नो आन्तरिक प्रतिभा देखाएका थिए । प्रकृति चौधरी र सुमीत्रा सापकोटाले म र मेरो गाउँको विषयमा आफ्नो धारणा राखेकी थिए त्यसैगरी रुविना पाण्डे र कुमारी कटुवालले कविता मार्फत आफ्नो क्षमता प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा निर्णायक मंण्डलमा मोडल तथा जुम्वा प्रशिक्षक सोनाम के सी , मिसेस व्यूटी क्वीन नेपालकी विजेता तथा व्यूटिसियन लसता साक्य र विमान परिचारिका मिरा खनाल र पत्रकार लक्ष्मी खतिवडा रहनु भएको थियो ।
उक्त प्रतियोगिताको अन्तिम प्रतिष्प्रर्धा आगामी चैत्र १३ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ ।














Latest News
- ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ को छैटौँ संस्करण काठमाडौँमा आयोजना हुने
- अस्ट्रेलियामा सीजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड हस्तान्तरण सम्पन्न !
- एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ बिदेशी सहित २८ जना सम्मानित
- सिजन मिडियाले ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५’ छैटौं संस्करण कार्यक्रम गर्दै
- सिजन मिडियाद्धारा राष्ट्रिय समाजसेवा सम्मान २०२४ प्रदान