सिजन मिडियाको एसियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२२ दुवईमा
काठमाडौं, लामो समयदेखि सामाजिक र सास्कृतिक क्षेत्रमा अग्रणी संस्थाको रुपमा काम गर्दै आएको सिजन मिडियाले व्यवसायीक, शैक्षिक ,सामाजिक, सास्कृतिक तथा राजनैतिक क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान गर्दै उनीहरुको कार्य र उपलव्धीलाई अझै हौसला प्रदान गर्दै आएको यहाँहरुलाई अवगत नै छ ।
सिजन मिडिया आफ्नो १४औं स्थापना दिवस तथा संविधान दिवस २०७९को अवसर पारेर असोज १३ गते यूएईको वरदुवइमा ‘एसियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२२’ नामक अवार्ड तथा मनोरन्जनात्मक कार्यक्रम आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रमा यसियन मुलका विभिन्न क्षेत्रमा शक्रिय सामाजिक, राजनैतिक , साँस्कृतिक ,शैक्षिक र व्यवसायीक क्षेत्रमा सफल तथा क्रियाशिल विभिन्न व्यक्तित्वहरुको काम र मेहनतलाई अझै हौसला प्रदान गर्ने उदेश्य राखि यस पटक अन्तर्राष्ट्रियस्तरमानै विशेष सम्मान तथा अवार्ड कार्यक्रम गर्न लागिएको वताउछन आयोजक सस्थाका अध्यक्ष प्रदीपराज वन्त ।
देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा उनीहरुले दिएको योगदानलाई मध्यनजर राख्दै ती विशेष व्यक्तिलाई यस पटक संस्थाले अवार्ड प्रदान गरी उनीहरुको काम गर्ने सोच , व्यवसायीक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्सान गर्न लागिएको हो ।
२०१९मा दुवाइमा समपन्र्न गरेको प्रोफेशनल अचिभमेन्ट अवार्डको द्रोस्रो संस्करण कोभीडका कारण नेपालमानै आयोजना गरिए पनि फेरी यसको तेस्रो सस्करण दुवाईमा नै गर्न लागिएको हो ।
सिजन मिडियाका अध्यक्ष वन्तले सामाजिक राजनैतिक सास्कृतिक शैक्षिक लगायत विभिन्न क्षेत्रमा दश वर्ष भन्दा वढी समय निरन्तर काम गरि सफलता प्राप्त गर्नु भएका र हाल देश तथा विदेशमा विभिन्न काममा क्रियाशील रहिरहनु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड गर्न लागिए वताउनु हुन्छ ।
‘सबै व्यवसायीक क्षेत्रका सम्मानित व्यतित्वहरुलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं । सकारात्म्क सोच रार्खौ, व्यवसायीक तथा सामाजिक दायित्व पूरा गरौ र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौ ।
Latest News
- ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ को छैटौँ संस्करण काठमाडौँमा आयोजना हुने
- अस्ट्रेलियामा सीजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड हस्तान्तरण सम्पन्न !
- एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ बिदेशी सहित २८ जना सम्मानित
- सिजन मिडियाले ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५’ छैटौं संस्करण कार्यक्रम गर्दै
- सिजन मिडियाद्धारा राष्ट्रिय समाजसेवा सम्मान २०२४ प्रदान