Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

मिस मिसेस ब्युटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि पहिलो अडिसन सम्पन्न


काठमाडौँ, विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस ब्युटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि पहिलो अडिसन सम्पन्न भएको छ । उक्त अडिसनबाट १५ जना छनोट गरिएको छ ।

उपत्यकालगायत मोफसलका विभिन्न ठाउबाट काठमाडौँ आउनुभएका १९ वर्षदेखि ५० वर्षसम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताउनुभयो ।

उहाँले विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौँमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताका लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।