Ms. Ramila Khatri
Ms. Ramila Khatri
Taekwondo, Coach & Referee
Versatile Sports Personality (Taekwondo) 2022 Dubai
तेक्वान्दोकी गोल्ड मेडलिष्ट रमिला भन्नुहुन्छ, ‘गेममा सबै थोक छ’
कास्कीको देउरालीमा आमा काली टि खत्री र बाबा गोपाल टि खत्रीको कान्छी सन्तानको रुपमा जन्मिएकी रमिला खत्री सानैमा काठमाडौँ आउनुभयो । सानैमा मोटो ज्यान त्यही ज्यान घटाउन परिवारले तेक्यान्दो सिक्न पठाए । उहाँ सोह्रखुट्टेको सिद्धिगणेश स्कुलबाट एसएसली दिएर निष्ट कलेजमा स्कलरसीपमा पढ्नभयो । स्नातक सकेर अब स्नातकोत्तर गर्ने तयारीमा रहनुभएकी रमिला छ कक्षाबाटै खेलकुदमा लाग्नुभयो ।
घरमा धेरै अल्छी भयो भनेर परिवारले खेलकुदमा पठाएको उहाँले विगत स्मरण गर्नुभयो । अनि तेक्वान्दो खेलमा प्रवेश गर्नुभयो । लैनचौर तेक्वान्दो डोजाङ पहिलोपटक जोडिनु भयो । मोटी भएका कारणले शुरुमा खेल सिकेको र पछि आफैँले चासो दिनुभयो । पहिले मान्छेले जिस्काउँथ्यो, पछि यसलाई नजिस्का है हान्छे भन्न थालेको अनुभव उहाँले सुनाउनुभयो ।
उहाँले नौ कक्षामा व्ल्याक बेल्ट गर्नुभयो । अहिले थर्ड डान हुनुभएको छ । छोटो समयमा त्यही लैनचौरवाट खेल सिकाउन थाल्नु भएकी उहाँ हाल विभिन्न स्कुलहरुमा गेम सिकाउनु हुन्छ । खेलकुदमा अन्तर्राष्ट्रिय रेफ्रिको रुपमा पनि गर्नुहुन्छ । उहाँले मलेसिया, सिंगापुर, थाइल्याण्डमा तीन वटा गोल मेडल जितिसक्नुभएको छ ।
‘नेपालमा जितेको जितै गरिन्थ्यो, अब अन्तराष्ट्रिय खेलमा पनि मेडल ल्याउन मन लाग्यो, अनि गएँ, मुख्य कोरियासँग डर थियो, त्यो पनि जित्दा खुसी लाग्यो’, उहाँले सुनाउनुभयो । दुख, संघर्षले यो ठाउँमा पुगेको सुनाउने रमिलालाई परिवारको प्रोत्साहन ठुलो छ ।
सेल्फ डिफेन्स तालिम, आर्मी, प्रहरीका कार्यक्रममा पनि निर्णायक बनेर जानुहुन्छ । दुई स्कुल र आफुले जुन डोजाङमा सिक्नुभयो त्यहीँ प्रशिक्षक हुनुहुन्छ । उहाँले सेकेन डानसम्म निकालिसक्नुभएको छ ।
गेमले गर्दा जुन ठाएँमा पनि टपमा नाम निस्किन्छ उहाँको । ‘काठमाडौँबाट प्राय जर्जमा टपमा नाम मेरै आउँछ, त्यो देख्दा खुसी लाग्छ’, उहाँले भन्नुभयो ।
गेममा लागेर केही गर्न सकिन्छ भन्ने लाग्छ उहाँलाई । उहाँ नेपालका पत्रकार लगायत कलाकारका छोरा छोरीहरुलाइ पनि घरमानै स्पेशल कोर्षको तालिमहरु दिने गर्नु हुन्छ ।
भिआइपी÷भिआइपीको घरबाट सिकाइदिन फोन आउने गरेको छ ।उहा समय मिलाएर सवैलाई तेक्वान्दो खेल सिकाइ रहनु भएको छ भने भिआइपी कोर्स पनि गर्नुहुन्छ ।
‘गेमले नै देश तथा विदेशमा चिनाएको छ, तेक्वान्दोमा रमिला खत्री भनेर नचिन्ने कोही छैन, आफुले एसएसली देखिका सबै खर्च आफैँले निकाल्ने गरेको छु’, उहाँले भन्नुभयो ।
व्ल्याक बेल्ट लिने बेलामा फि बुझाउन नसकेर दुई व्याज पछि परेको कहिल्यै विर्सनुहुन्न ।
राजेश हमालको घरमा गेम टिचर रमिला खत्री भनेर समाचार नै आएको थियो । त्यसले उहाँलाई चिनाउने काम गरेको सुनाउनुभयो ।
चितवन लगायत देशका विभिन्न ठाउहरुवाट पनि महिला हिंसा रोक्नका लागि सेल्फ डिफेन्स तालिम दिन प¥यो भनेर बोइरहेको सुनाउनुहुन्छ ।
‘मेरो फोकस गेममा नै हुन्छ, अरुले नेपालमा केही छैन भन्छन्, तर उहाँलाई गेमबाट ६०÷७० हजार कमाउन समस्या छैन । नेपालमा आफ्नो खेल क्षेत्रमा लागेर इज्जत साथै पैसा पनि कमाउन सकिन्छ भन्ने उदाहरणको रुपमा म आफैलाई चिनाउन चाहान्छु । त्यसैले गर्भ महशुस हुन्छ ।
देशका लागि हामीले नै योगदान दिनुपर्छ । विदेशमा गएर लुक्न नहुने सुझाव दिने उहाँ त्यसले नराम्रो छाप पर्ने भएकाले पछिसम्म नै आफैँलाई असर पुग्ने बताउनुभयो ।
गेममा लागेर केही छैन भन्नेलाई उहाँ सुझाव दिनुहुन्छ, ‘गेममा सबै थोक छ ।’ अबसर धेरै आएको भए पनि लकडाउनले असर गरेको उहाँले सुनाउनुभयो । नवौ राष्ट्रिय गेममा जर्ज गर्न जाने तयारीमा हुनुहुन्छ उहाँ ।
Latest News
- सिजन मिडियाले नेपालमा पाचौं सस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै
- मिस इकलेज २०२४ का प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा
- चौथो संस्करणको ‘नेशनल सोसल वेलफेयर अवार्ड’ आयोजना हुँदै
- एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ स्वदेश देखी विदेशका व्यवसायीहरूलाई
- सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्ने