Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/seasonmedianepal/public_html/wp-includes/functions.php on line 6114
Dharma Raj Gosain | Season Media Nepal

Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

Dharma Raj Gosain


Dharma Raj Gosain
CEO-Nepal Bharat Maitri Hospital
Hospital & Health Care Management Award 2022 DUBAI

अस्पताल ब्यवस्थापनमा क्रियाशिल गोसाई
कर्णाली प्रदेश, रुकुम पश्चिम चौरजहारी नगरपालिका १ मा जन्मनु भएका धर्मराज गोसाईं, बुवा रण बहादुर गोसाई र आमा बिर्मा गोसाईका कान्छा छोरा हुन । परिवारमा कान्छो, उहाँका ५ दाईहरु र २ दिदिहरु छन भने उहाँको बुवाआमा कृषि पेशामा आवद्ध हुनुहुन्थ्यो । स्कूलको पढाई पश्चात इन्जिनियरिङ्ग पढाई गरेका गोसाईको उच्च शिक्षा अध्ययन भने पोखरा बिश्व बिद्यालयबाट अस्पताल ब्यवश्थापन विषयमा भयो ।

उहाँले त्रिभुवन बिश्वबिद्यालयबाट जनप्रशासन, शैक्षिक प्रशासन र सामाजिक बिज्ञानको समेत अध्ययन गर्नुभएको छ । अल इन्डिया इन्स्टिच्युट अफ म्यानेजमेन्टको दुरशिक्षा कार्यक्रम अन्तर्गत अस्पताल ब्यवस्थापनमा पोष्ट ग्राज्युट डिग्री, क्ष्क्ष्ज्ःच् क्ष्लमष्ब बाट संस्थागत रणनैतिक योजना र ब्यवस्थापन, एसियन हेल्थ रिसर्च नेटवर्क ढाकाबाट जनस्वास्थ्य र अनुसन्धान,बाट स्वास्थ्य र अस्पताल ब्यवस्थापनका अन्र्तराष्ट्रिय तालिम तथा ब्यवस्थापन बिषयका दर्जनौ राष्ट्रिय तालिम प्राप्त गरेका छन ।
गोसाईले प्राथमिक शिक्षा गाउँकै नाखिरा प्रा. वि.मा र चारदेखि आठ कक्षा शितल मा. वि.चौरजहारीमा अध्ययन गरे भने नौ र दश कक्षा जाजरकोट खलंगाको त्रिभुवन मा. वि. मा पढे । उनको पालामा एस. एल. सी. पास गर्ने जिल्लाकै ५ जना मध्ये उनी एक थिए । स्कूलमा सधैं प्रथम हुने गोसाई एस. एल. सी. को नतिजा प्रति त्यती सन्तुष्ट नरहेको तितो स्मरण गर्छन ।

एस.एल.सी. पछि जागिर सजिलै पाइने त्यसबेला उनको एक जना साथीको गाउँको हाई स्कूलमा गणित बिषयको शिक्षक भएर करिब ६ महिना काम गरे । त्यसपछि पछि पूल्चोक इन्जीनियरिङ्ग कलेज काठमाण्डौंमा सिभिल इन्जिनियरिङ विषयको अध्ययन गरे । गाउँको स्कूलमा अध्यापन गरेको अनुभवले काठमाण्डौंमा पढाई खर्च व्यवस्थापनको लागि होम ट्यूसन गर्न सहज बन्यो । सिभिल इन्जिनियरिङ बिषयको अध्ययन पश्चात केहि समय जाजरकोट प्राबिधिक कार्यालयमा काम गरे । उक्त अवधिमा उनले जाजरकोट जिल्लाका अधिकांश तत्कालिन गाउँपञ्चायतहरु पुगे, जहाँ प्राबिधिक कार्य गर्नका साथै नजिकबाट ग्रामिन भेकका सामाजिक, राजनैतिक, प्राकृतिक विषयमा गहन अध्ययन तथा साक्षत्कार हुने अवसर प्राप्त गरे । उनीसंग लगातार १ महिनासम्म बिभिन्न गाउँहरुमा पैदल हिडेको अनुभव छ ।

वि.सं २०४५ सालमा पूर्वी नेपालमा ६.१ रेक्टर स्केलको भुकम्प पश्चात पूर्ननिर्माण आयोजना शुरु भयो । उक्त आयोजनामाको नियुक्ति लियर सङ्खुवासभा जिल्लामा पुर्ननिर्माणको लागि एक बर्ष काम गरे । यस अवधिमा उनले २५० भन्दा बढी भुकम्प प्रतिरोधात्मक घर बनाउँन प्राबिधिक सहयोग र स्थानिय डकर्मीहरुलाई प्रशिक्षण दिए ।

त्यसपछि गोसाईले १२ मेगावाटको झिमरुक जलविद्युत आयोजना निर्माणको लागि चार वर्ष र दोलखा र रामेछाप जिल्लामा पर्ने ६० मेगावाटको प्रोजेक्टमा दुई बर्ष कम गरे । त्यसबेला वहाँका २ छोरी क्षितिज र निर्वा जन्मी सकेका थिए । यी दुबै प्रोजेक्टमा उनले हिमाल हाइड्रो तथा जनरल कन्स्ट्रक्सन कम्पनीको तर्फबाट काम गरे र जीवन उपयोगी महत्वपूर्ण ब्यवशायिक शिप, मानबता, दक्षता, अनुभव हासिल गरे ।

बि. सं. २०५२ साल तिरको कुरा हो, खिम्ती प्रोजेक्टमा काम गर्दै गर्दा बिदामा घर आएको समयमा आफ्नै गाउँमा टिम नेपाल नामको संस्थाले अस्पताल निर्माण गरीरहेकोे थियो । त्यही काम गर्ने एकजना डकर्मीले बिदेशी इन्जीनीयरलाई लियर उहाँको घरमा आएछन । सिभिल इन्जीनियरको कामको उताको अनुभव भएता पनि भाषाको समस्या, काम गर्ने प्रबिधि, तरिका फरक, सिमेन्ट र रडको काम कसरी गर्ने अनुभवको कमीको कारण खास काम गर्न नसकेका बिदेशी इन्जीनियरले उनलाई साइट भिजिटमा लगेछन र भइरहेको काम कसरी गर्ने भनेर अंग्रेजीमा बताइ दिएपछि इन्जीनीयरले उनलाई यतै काम गर्न प्रस्ताब गरेछन । यो प्रस्ताबको बारेमा घर परिवारसंग सल्लाह गर्दा छोरीहरु लगायत सबैजनाको सहमतिमा यतै काम गर्ने निधो भएछ । १५ शैयाको जीवीत नदि स्वास्थ्य सेवा नामको मिसन अस्पताल निर्माण कार्य त्यस्तै ४(५ बर्षमा सम्पन्न भएछ ।

यातायातको असुविधा, निर्माण सामाग्रीहरुको ढुवानीमा कठीनाई, दक्षता कम भएका कामदारहरु, स्थानिय भएकाले काम गर्न हुने बाधाका बाबजुद अस्पतालको निर्माण कार्य सम्पन्न भयो । अस्पताल निर्माणको लागि, स्थानिय ब्लक निर्माण प्रबिधि (चौरजहारीमा पहिलो पटक कन्क्रिट ब्लक बनाई प्रयोग गरिएको थियो), दर्जनौं मान्छेले काँधमा बोकेर जेनेटरको ढुवानी, पानी लगायत निर्माण सामाग्रीहरु ब्यवस्थापनका चुनौती अब त सपना जस्तो लाग्छन रे । जाजरकोट जगतीपुरबाट काँधमा बोकेर ल्याएका काठहरु साउनको भेलमा भेरी नदिमा मान्छेले चिण्डोमा बगाएर ढुवानी गरेको यादले अहिले शरीरमा काँडा उम्रीन्छ रे ।

अस्पतालको निर्माण कार्य सम्पन्न संगै अस्पताल प्रशासकको काम गर्न आएका एक जना बिदेश केभिन मकमरीले पुनः अस्पताल प्रशासक हुन प्रस्ताब गरे पछि त उनको ब्यवशायिक जीवनले ३६० डीग्रीको फन्को मारेछ, अनि उनले त्यहि अस्पतालमा प्रशासकको काम शुरु गरे । चौरजहारी अस्पतालमा केहि बर्ष काम गरे पछि उनले काठमाण्डौंमा बसेर अस्पताल ब्यवस्थापन बिषय अध्ययन गरे ।

यो अवधिमा ज्म्ऋक्को लागि पब्लिक रिलेशन अफिसरको भूमिकामा मिसन अस्पताल पाल्पा, ओखलढुङगा, चौरजहारी, डडेलधुरा र लमजुङ सामुदायिक अस्पतालको लागि समन्वय तथा ब्यवस्थापनमा सहयोग गर्ने, संयुक्त प्रतिबेदन तयार गर्ने जस्ता काम गरे । यो अवधिमा यी अस्पतालहरुको ब्यवस्थापन ज्म्ऋक् ले गरेको थियो ।

अस्पताल ब्यवस्थापन विषयमा स्नातकोत्तरको अध्ययन पश्चात उनले लमजुङ जिल्ला सामुदायिक अस्पतालको निर्देशक पदमा रहि २ बर्ष काम गरे ।
यो अस्पताल पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणमा सञ्चालन गरिएको थियो र “म गएपछि सरकारी र निजी संघ संस्थाहरुलाई अस्पतालको सेवा प्रबाहको लागि आवद्ध गराएँ, निःशुल्क स्वास्थ्य शिविर, बिशेषज्ञ चिकित्सकिय सेवाका विस्तारका कारण जनसम्पर्क विस्तार भयो ।” यस अवधिमा पाकिस्तान स्वास्थ्य मन्त्रालयको टिम, अमेरिकन तथा जर्मन स्वास्थ्य बिज्ञको टिम र नेपालका धेरै अस्पताल तथा संघ संस्थाहरुले अस्पतालको भ्रमण तथा निरिक्षण गरेका थिए । बिश्व स्वास्थ्य संगठनको तत्कालीन प्रतिबेदनमा यो अस्पताल उत्कृष्ट ब्यवस्थापने सूचीमा परेको बताउँछन ।

उहाँले सन २००९ डिसेम्बरमा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था, काठमाण्डौंको प्रमुख कार्यकारी अधिकृत पदमा २ बर्ष काम गरे । यो संस्था पूर्वाञ्चल बिश्व बिद्यालयको नर्सिङ्ग तथा जनस्वास्थ्य अध्ययन संस्थान, सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको ब्यवस्थापन गर्ने अग्रणी संस्था हो ।

त्यसपछि हिमालयन हेल्थ केयर नामको अन्तरराष्ट्रिय संस्थाद्धारा सञ्चालन गरिएको इलाम सामुदायिक अस्पतालको निर्देशक तथा परामर्श दाताको रुपमा १ बर्ष काम गरेका गोसाई लमजुङ्गमा प्राप्त गरेको अनुभवलाई अवलम्बन गरी निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर, अस्पतालको गुणस्तरिय सेवा, समुदायसंगको समन्वयको कारण संस्थाले फट्को मार्ने काम गरेको बताउँछन ।

स्वास्थ्य मन्त्रालय र जर्मन सहयोग नियोगको समन्वयमा सञ्चालित आकस्मिक आमा र बच्चाको स्वास्थ्य सेवा सुधार कार्यक्रम अन्तर्गत तत्कालिन मध्यपश्चिमाञ्चल बिकास क्षेत्रका जिल्ला अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा प्राबिधिक तथा ब्यवस्थापकिय सुधारका लागि क्षेत्रिय कार्यक्रम संयोजकको पदमा २ बर्ष काम गर्दा उनले यो क्षेत्रका जिल्ला स्वास्थ्य संस्थाहरु अनुगमन तथा भ्रमण गरे । सरकार र गैह्र सरकारी संस्थाको सहकार्यमा गरिने स्वास्थ्य सम्बन्धि बिभिन्न कार्यक्रम र तिनीहरुको कार्यबिधि, प्रभाबको बारेमा अध्ययन तथा अनुभव हासिल गरे ।

उनको २०७४ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकको पदमा नियुक्ति भयो । यो चार वर्षे अवधिको बिशिष्ट श्रेणीको नियुक्ति थियो । निर्देशकको हैसियतले सभाको सदश्य, कार्यकारी परिषदको सदश्य, एकेडेमिक काउन्सीलको सदश्य र अस्पताल ब्यवस्थापन समितिको सदश्य सचिबको जिम्मेवारी निर्बाह गरे । कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय, बिभिन्न मेडिकल कलेज संघ संस्थाहरुसंग धेरै सम्झौता गरी सेवा प्रदान गर्न उनको निर्णायक भूमिका रह्यो । निःशुल्क स्वास्थ्य शिबिर, जिल्ला अस्पतालमा बिशेषज्ञ सेवा बिस्तार कार्यको प्रमुख सूत्राधारको काम गरे ।

नेपालको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको बिकासको लागि गरेको सानो योगदानले सन्तुष्टि र आत्मसम्मान दिएको बताउँछन उनी ।
हाल नेपाल भारत मैत्री हस्पिटलको प्रमुख कार्यकारी अधिकृत पदमा रहि १०० शैया टर्सरी लेभलको प्राइभेट अस्पतालको ब्यवस्थापनकाृ नेतृत्व गर्छन उनी । अस्पतालले बिशेषज्ञ सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा काम गर्न रण नैतिक योजना निर्माण र कार्यन्वयन भइरहेको बताउँछन उनी । यो अस्पताल युवा उद्यमीहरुको पहल र लगानीमा सञ्चालन भईरहेको अस्पताल हो र मित्रपार्क चाबहिलमा छ । साथै उनी स्वास्थ्य ब्यवस्थापन विषयको, स्नातकोत्तर र स्नातक तहको लागि आंशिक प्राध्यापन र अस्पताल ब्यवस्थापनमा परामर्शदाताको रुपमा पनि सक्रिय छन् ।

सामाजिक उत्तरदायित्व पुरा गर्न उनले श्रीमति सरस्वती गोसाईको पहलमा रुकुम पश्चिम, चौरजहारी १ मा २०६२ सालमा विद्यालय स्थापना गरे । बिभिन्न कठिनाईका बाबजुद बिद्यालय हाल कक्षा १० सम्म सञ्चालनमा रहेको छ । यो बिद्यालयबाट एस. एल. सी. उतिर्ण गरेका बिद्यार्थीहरु केहि सरकारी सेवामा छन भने धेरैजना उच्च शिक्षा अध्ययनको लागि बिदेश गएका छन । बिद्यालयले हरेक बर्ष ५० जना बिद्यार्थीहरुलाई निःशुल्क छात्रबृत्ति उपलब्ध गराउँछ, भने स्थानिय युवाहरुको लागि रोजगारी । बिद्यालयको ब्यवस्थापन कार्यले उनको सामाजिक उत्तरदायित्व र जन्मथलोसंगको निकटता कायम भईरहेको बताउँछन उनी ।

संघर्ष जीवनको पहलु बताउँने उनको शिक्षा, रोजगारी सधै चुनौतिपूर्ण रहेको स्मरण गर्छन । संयुक्त परिवारमा हुर्केका गोसाई रुकुम जस्तो विकट जिल्लामा हुर्कि पढी राजधानीमा संघर्षरत छन । यो स्थानमा पुग्न उनकी जीवन साथी सरस्वती गोसाईको ठूलो योगदान रहेको छ । श्रीमति गोसाईले पनि पूर्वाञ्चल बिश्व बिद्यालयबाट जन प्रशासन बिषयमा स्नातकोत्ततर गर्नु भएको छ र नेपाल नागरिक उड्डयन प्राधिकरणमा एयर ट्राफिक कन्ट्रोलर पदमा कार्यरत हुनुहुन्छ । वहाँहरुका २ छोरी डक्टर छन र छोरा कम्प्युटर साइन्स अध्ययन गरीरहेका छन ।

कामको सिलसिला र ब्यक्तिगत रुपमा नेपालका ६५ जिल्लाहरुमा पुगी सकेको बताउँने गोसाईको भारत, बंगलादेश, थाइल्याण्ड, मलेसिया, सिंगापुर, फ्रान्स, जर्मनी, बेल्जीयम, स्वीटजरल्याण्ड र इटली देशका विभिन्न शहरहरुको भ्रमण तथा त्यहाँको स्वास्थ्य सेवा, पर्यटन, सामाजिक र अन्य बिबिध बिषयको अबलोकन, अध्ययन र अनुभव छ ।

अस्पतालबाट उपलब्ध हुने सेवाहरुलाई सरल, सुलभ किसिमले उपलब्ध गराउँने कार्य चुनौती पूर्ण भएता पनि नेपालमा अस्पतालको ब्यवस्थापन स्वरुप परिमार्जन गर्दै जानु पर्ने देखिन्छ । यस्को शुरुवात नेपाल सरकार ले गरीसकेको भएता पनि यस्को सम्बद्र्धनको आवश्यक छ । बिशेषज्ञ चिकित्सकको कमी भएको हाम्रो देशमा अस्पताल ब्यवस्थापन पद्धति परिमार्जन गरेमा जनताले बिशेषज्ञ सेवा सर्बसुलभ तरिकाले प्राप्त गर्न सक्ने भएता पनि स्वास्थ्य सेवालाई पूर्ण रुपमा सरकारी वा स्वास्थ्य बिमाको कभरेज बिस्तार गर्नुको विकल्प नरहेको बताँछन ।