Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/seasonmedianepal/public_html/wp-includes/functions.php on line 6114
Mr. Krishna Raj Timalsina | Season Media Nepal

Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

Mr. Krishna Raj Timalsina


Mr. Krishna Raj Timalsina
CEO & Founder, Thread Garment
Young Fashion Entrepreneur Award 2022 DUBAI

३०० लिएर काठमाडौँ छिरेका तिमिल्सिना अहिले ४०० जनालाई रोजगारी दिन सफल छन्

रामेछापको सुनापाती गाउँपालिकामा जन्मिएका कृष्णराज तिमिल्सिनाको छोटो समयमा फष्टाएको उद्योगले जो कोहीलाइ ृलोभ्याउँछ । उहाँले गाउँमै १० कक्षासम्म पढ्नुभयो । त्यहाँबाट १२ घण्टा हिँडेर मन्थलीमा एसएलसीको परीक्षण दिनुभयो ।

त्यसपछि शुरु भयो उहाँको जीवन यात्रा । बुबाले दिएको ३०० लिएर काठमाडौँ पस्नुभयो । रिजल्ट नआउँदासम्म काठमाडौँको खिचापोखरीमा कपडा पसलमा काम गर्न थाल्नुभयो । काम सिकुञ्जेल साहुले केही दिएन । झण्डै २ वर्ष काठमाडौँ बस्दा एक हजार २०० मासिक पाउन थाल्नुभयो । त्यो बीचमा पढेर १२ कक्षा कटाउनुभयो । त्यसपछि उहाँमा केही काम गर्न सक्छु भन्ने हिम्मत बढ्यो । तर उहाँसँग पैसा थिएन ।

त्यसैले दाईको सहयोगमा विदेश जानुभयो । मलेसियामा कन्टेनर लोडिङ गर्ने काम गर्नुभयो । तर त्यो गाह्रो भएकाले छाड्नुभयो । मलेसियामा बस्दा सुनिल चालिसेले उहाँलाई चन्द्र ढकालसँग भेट गराइदिनुभयो, तर १२ कक्षा गरेकाले अफिस भित्र काम गर्न मिल्दैन बाहिर गर्नुपर्छ भनेर रु ८०० लिएर आइएमइमा काम गर्न थाल्नुभयो । तीन महिना आइएमइको जागिर छाडेर रेमिट मासु उद्योगमा काम गर्न थाल्नुभयो । त्यहाँ राम्रो कमाइ पनि भयो ।

उहाँले ९÷१० लाख जम्मा पनि गर्नुभयो । पैसा भएपछि अब त आफैँ व्यापार गर्न सक्छु भन्ने हिम्मत आयो । विसं २०६६ सालको दशैँमा घर फर्किएका उहाँले असनमा १६ लाखमा कपडा पसल खोलेको सुनाउनुभयो । त्यो बेला उाँलाई कसैले ऋण पत्याएनन् । सहकारीलगायत विभिन्न क्षेत्रबाट ऋण लिएर दोकान खोलेको उहाँले बताउनुभयो ।

तीन वर्षको समयमा व्यापार राम्ररी फष्टायो । काममा मेहनत पनि गर्नुपर्छ भन्ने तिमिल्सिना काठमाडौँमा मात्रै तीन वर्षमा ५ वटा स्टोर खोल्नुभयो । गर्दागर्दै २३ वर्षको उमेरमा ६५ लाखको घर पनि किन्नुभयो ।

त्यो बेला उहाँले सामान होलसेलबाट हाल्नुहुन्थ्यो । अब सामान सामान चाइना वा भारतबाटै ल्याउनुपर्छ भन्ने सोचका साथ घर धीतोमा राखेर ६० लाख लिएर चीन जानुभयो । चीनबाट सामान पनि हाल्नुभयो । न्युरोडमा होलसेल खोल्नुभयो । व्यवसाय फष्टाउँदै गयो । कहिले चीन, भारत, भीयतनाम, बंगलादेश सबै ठाउँमा सामान हेर्न पुग्नुभयो ।

“यसरी बाहिरको कपडा ल्याइरहेको छु, त्यो घरमै उत्पादन भए त नेपालमै आम्दानी हुन्छ । उद्योग खोलेँ भने मेरो देशमा पैसा बस्छ, देशको अर्थतन्त्रमा टेवा पुग्छ भन्ने सोच आयो”, उहाँले भन्नुभयो, “त्यसपछि मैले घरमै सात मेसिन राखेर टाउजर बनाउनुभयो ।” कपडा बनाउन भ्याइनभ्याइ भयो । त्यसपछि टहरा हालेर ६० वटा मेसिन हालेर काम शुरु गरेको त्यहाँ पनि सामान दिएर नभ्याएको उहाँले सुनउनुभयो । अहिले ६ रोपनी जग्गामा गार्मेन्ट उद्योग छ । हाल ४०० जना कामदार छन् । नेपालमै बनेको सामान भनेर बेच्नुहुन्छ ।

“गार्मेन्ट व्यवसाय २०औँ हजारका छन् नी, तर मेरो मात्रै अघि आउनुको कारण मैले कमाउनमा लोभ गरिन”, उहाँले भन्नुभयो ।

मेरो अबको २० वर्ष पछि हामी न्युयोर्क वा पेरिस वा साङ्घाइ जहाँ जाँदा पनि नेपालमा बनेको कपडा भनेर ट्याग लगाएको कपडा त्यहाँ झुण्डिएको होस् भन्ने चाहना छ उहाँको छ ।

उहाँका अनुसार नेपालमा बनेको कपडा विदेशको जत्तिकै बलियो तर २० देखि ३० प्रतिशत सस्तो हुन्छ । अबको पाँच वर्षमा सात प्रदशेमा १÷१ वटा उद्योग खोल्ने योजना उहाँको छ । त्यसअन्तरगत प्रदेश १ मा शुरु भइसक्यो । ठुलो युनिट भएकाले आर्मी, पुलिस तथा लटका सामान बनाउन ठुलो अडर आउने गरेको उहाँले बताउनुभयो ।

कुराकानीका क्रममा उहाँले एउटा गजबको किस्सा सुनाउनुभयो । “म फ्याक्ट्रमा कोही कष्टमर आउँछ ५÷६ लाखका सामान किन्छ, अनि साहुलाई बोलाइदिनुन भेटेर जान्छु भन्छ क्या, आखिर उ मै सँग कुरा गरिरहेको छ, त्यो बेला गजबकै क्षण लाग्छ, साहुजी भन्ने उमेर नै भएको छैन की के हो जस्तो लाग्छ”, उहाँले भन्नुभयो । यो क्षेत्रमा आफुल सेलिब्रेटी जस्तो लाग्ने गरेको बताउनुभयो ।
उहाँले आफू तामिल गर्दागर्दै उद्यमशिलतातर्फ लागें। गोजीमा एक हजार पैसा छ भने कसैले माग्यो भने त्यो पनि दिएर हिँड्ने मान्छे आफू भएको उहाँले सुनाउनुभयो ।

उहाँले कमलरीहरुलाई समेत काम दिनुभएको छ । १०१ जना कमलरी मासिक २५ देखि ३० हजार कमाइरहेको उहाँले बताउनुभयो । अन्य पिछडिएका वर्गलाई पनि काम दिने गरेको उहाँले बताउनुभयो । अर्काे चिज सामानमा आफ्नै लोगो, अर्काे नेपालमा बनेको छ, त्यसले गर्दा आफू हाइलाइटमा आएको उहाँले बताउनुभयो ।

समग्रमा व्यापार शुरु गरेको २०६१ सालदेखि ७९ सम्ममा आफ्नै क्रियसनबाट यहाँसम्म आइपुगेको छु । बूबालेले छोरा मान्छे हो जेसुकै गर भनेर घरबाट ३०० दिएर पठाएदेखिको अहिले हेर्दा बुबा आफैँ खुसी हुनुहुन्छ ।

बीचमा फेसन डिजाइन पनि पढ्नुभएको थियो । त्यसैले डिजाइन पनि आफैँ गर्ने गर्नुहुन्छ । कुन फेब्रिकबाट के बन्छ सबै थाहा हुन्छ उहाँलाई । टेक्सटायससम्बन्धी धागो हेरेर कति नाइलन छ, कति प्लाष्टिक छ सबै छुट्याईदिनुहुन्छ । विश्वको कुनै क्षेत्रमा पुगेँ भने, कपडाको बीचमा छिरेँ भने ब्रान्डेड कम्पनीले हायर गर्न सक्छ भन्नुहुन्छ उहाँ ।

“जे मेरो शुरुको लाइन हो, अहिले पनि त्यही लाक्ष्न छ । यो क्षेत्रमा पेन्सन पाकिसकेको छ मेरो भन्दा पनि हुन्छ । ” उहाँले थप्नुभयो ।

नेपालका मान्छे गफाडी बढी छन् काम गर्देनन्, मेहनती नभएको उहाँले बताउनुभयो । दुख पाएको, बिग्रेको र धनीमानी व्यक्ति तीन खालको रहेको बताउनुभयो । आफू दुख पाएको बगृमा पर्ने उहाँले बताउनुभयो ।

उहाँ केही गर्छु भनेर विदेशबाट आएका मान्छेलाई सरकारले सहयोग गर्नुपर्छ भन्नुहुन्छ । नेपालमा जे काम गरे पनि सम्भावना छ । जसले पनि काम गर्नसक्छ । जमिन धेरै बाँझो छ , त्यसमा रोप्न सकिन्छ, सबै चिज फल्न सक्छ तर नेपालमा मेहनत नभएको उहाँले बताउनुभयो ।
बुबा, हजुरबुवा विदेश जानु भएन हाम्रै पालामा विदेश नै जाने किन त ? त्यसैले मेहेनत गर्न सके नेपालमा सबै व्यवसाय राम्रो रहेको उहाँले सुनाउनुभययो ।

नेपालमा सिष्टम परिवर्तन गर्नुपर्छ । युवाहरु स्वदश आएर राम्रो काम गर्न सके नेपाल सुखी हुने उहाँले बताउनुभयो । भन्नुहुन्छ, “नेपालमा मेहनत कम छ, तर गर्न सके राम्रो छ ।”