Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

Binod Baniya (Singer)


पोखरामै रहेर नेपाल भरि आफनो पहिचान बनाउन गायक बिनोद बानियाको जन्म कास्कीको हेमजामा भएको थियो।

कुनै पनि क्षेत्रमा स्थापित हुन काठमाण्डौ नै आउन जरुरी हुन्न भन्ने वानियाले पोखरामानै रहेर निरन्तर सक्रियता बढाइरहनुभएको छ ।

२०५७ सालमा माया देखायौ कति सजिलै’ बोलको गीत रेकर्ड गरी औपचारीकरुपमा सांगीतिक यात्रा प्रारम्भ गर्नुभएका बानियाको पहिलो एलबम थियो मान्छे(2058) ‘डाउट’(2063) र ‘प्रोफाइल’(2072) एलबम बजारमा आए ।

एलबमका अलावा विभिन्न फुटकर गीतका कारण उहाँको परिचय बेग्लै बनेको छ । पप, आधुनिक, गजल, राष्ट्रिय तथा खेलकुद गरी झण्डै ५० को हाराहारीका गीतमा उहाँले आफ्नो सुमधुर आवाज भरीसक्नु भएको छ । यतिनै गीतमा संगीत समेत गर्नुभएका बानियाले केही गीत रचना गर्न समेत भ्याउनु भएको छ । भने छोटो फिल्म फेम’ निर्देशन गरिसक्नुभएका वानियाले नेपाली फिल्ममा ‘दयारानी’मा गीत मार्फत पार्श्व गायकको रुपमा उहाँले पाउने छौ।

जुन चलचित्र केही समय पछि आउने तयारीमा छ।संगीतमा डिप्लोमा गरेका उहाँ विगत १६ वर्षदेखि पोखरामा रहेको सैनिक आवासिय महाविद्यलयमा कुशल संगीत प्रशिक्षकको रुपमा हुनु हुन्छ, सोही विद्यालयका बिध्यार्थीहरुको आवाज तथा बानियाकै संगीतमा बालगीतहरुको संग्रह “आलोक” पनि सार्वजनिक भैसकेको छ।कुनै बेला लामो समय सम्म रेडियो प्रस्तोता समेत रहेका बानिया पोखरामा रहेको बिग एम का संस्थापक निर्देशक पनि हुन।

लामो समयको गजल,पप तथा सुगम संगीतको गाया अनुभवसँगै गजल रेष्टुरेण्ट समेत खोलेर संगीतलाई व्यवसायमा परिणत गरि आफू लगायत धेरै कलाकारहरुलाई समेत रोजगारको व्यवस्था मिलाउनु थियो।करिव साढे दशक लामो सांगितिक यात्राका क्रममा २०५७ सालमा नारायण गोपाल संगित कोषद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा क्षेत्रिय स्तरमा प्रथम तथा राष्ट्रिय स्तरमा द्वितिय, वेष्ट सिङर अफ दि इयर (माछापुच्छे एफ एम२०६०), ढुकढुकी पप अवार्ड,वेष्ट नेशनल सङ्ग सिङर,नेशनल गण्डकी वेष्ट मोर्डन सिङर लगायत थुप्रै संघसंस्थाबाट सम्मानित तथा पुरस्कृत भैसक्नु भैसकेको छ साथै धेरै सांगितिक कार्यक्रममा निर्णायकको भूमिका निभाई सक्नु भएको छ।

त्यसै गरि कार्यक्रमको दौरान नेपालका बिभिन्न दर्जनौ ठाँउहरु लगायत,HONGKONG(2013),JAPNA (2017) तथा कोरिया(2020) का देशहरुमा कार्यक्रम प्रस्तुत गरिसक्नु भएको छ।नयाँ नयाँ कृतिहरु सँगै हाल पनि अनवरत रुपमा आफ्नो क्षेत्र प्रति समर्पित हुनुहुन्छ