Dilip Khatri
Mr. Dilip Khatri
Sr. Journalist Chairman, Khotang FNJ Branch
Social Journalist of The Year 2022 DUBAI
समाज रुपान्तरणका लागि पत्रकारिता पेशामा आए
२०६० सालतिर देशमा माओवादी सशस्त्र युद्धको चरमउत्कर्षको अवस्था थियो । जिल्लामा खुलेर पत्रकारिता गर्ने अवस्था थिएन । त्यही संकटमा खोटाङका दिलीप खत्रीले भने पेशा बदले । तीन वर्षदेखि चक र डस्टरमा भुलेको एउटा शिक्षक पत्रकारिताको हुटहुटीले गाउँबाट सदरमुकाम दिक्तेल सरे । जतिबेला जिल्लामा दुई÷चार जना मात्रै पत्रकारहरु थिए ।
दिक्तेलबजार पाक्षिकबाट दिलीपको पत्रकारिताको यात्रा सुरु भयो । त्यतिबेला खोटाङ जिल्लामा रेडियो खुलेका थिएनन् । राष्ट्रिय दैनिक पत्रिका हप्तौंपछि मात्रै पुग्थे । तिनै सीमित पत्रकारको हातमा हुन्थ्यो जिल्लाको सूचना । सूचना संकलनमा अहिले जस्तो प्रविधि र विकासको सहजता पनि थिएन । पाएका सूचना पनि सञ्चारगृहसम्म पु¥याउन सकसपूर्ण थियो ।
हातले लेखेका समाचार घण्टौं लगाएर फ्याक्समार्फत पठाउनु पथ्र्यो । त्यही संकटबाट अघि बढेका पत्रकार हुन् दिलीप खत्री । ४० वर्षीय खत्री दुई दशकदेखि अनवरत रुपमा सञ्चारकर्ममा क्रियाशिल रहेका छन् । दुई दशकको अवधिमा उनले काम गर्ने संस्थाहरु बदलिय तर उनको सञ्चारकर्म भने कहिले धरमराएन ।
स्थानीय तथा राष्ट्रिय गरी दर्जनभन्दा बढी सञ्चारगृहमा काम गरिसकेका खत्रीले यसबीचमा आफ्नै सञ्चारगृह सञ्चालन गरिरहेका छन् । नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष समेत रहेका खत्रीले सञ्चालन गर्ने साप्ताहिक पत्रिका ‘खोटाङ खबर’ प्रेस काउन्सिलको वर्गीकरणमा पर्ने जिल्लाकै पहिलो पत्रिका हो । १२ वर्षदेखि सञ्चालनमा रहेको यो पत्रिका ‘क’ वर्गमा रहेको छ ।
यस्तै, खत्री सम्पादक रहेर जिल्लाबाटै खोटाङ टुडे दैनिक पत्रिका तथा रोदिकखबर डटकम अनलाइन पनि सञ्चालनमा छन् । विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा पनि उनले जिल्ला संवाददाताका रुपमा काम गरिरहेका छन् ।
२०६० सालदेखि तीन वर्ष दिक्तेलबजार पाक्षिकमा कार्यरत खत्री २०६३ सालमा नेपाल टेलिभिजन र राष्ट्रिय समाचार समितिमा आवद्ध भए । खोटाङ संवाददाताका रुपमा त्यहाँ तीन वर्ष काम गरेपछि २०६५ सालमा अन्नपूर्ण पोष्टमा काम सुरु गरे । झण्डै ६ वर्ष अन्नपूर्णको यात्रापछि २०७१ सालदेखि ६ वर्ष अंग्रेजी दैनिक द हिमालय टाइम्समा काम गरे । यही बिचमा स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा पनि उनको आवद्धता थियो । नेशनल टेलिभिजन, हिमालयन टेलिभिजन, हिमाल एफ.एम, रुपाकोट एफ.एम., हलेसी एफएम, रेडियो जनकपुर, पूर्वाञ्चल दैनिक लगायतका सञ्चारमाध्यममा काम गरेका थिए । नेपाली विषयमा स्नातकोत्तर गरेका खत्री विभिन्न पुरस्कारबाट सम्मानित भएका छन् ।
विपन्न तथा समस्यामा परेका मानिसहरुलाई देख्दा सानैदेखि सहयोग गर्ने, अरुको लिएर कहिले नखानु, सधै अरुलाई दिएर खानु, अरुलाई दुःखी नबनाउनु र आपत विपतमा परेकालाई सहयोग गर्नु भन्ने हजुरबुवा र बुवा आमाको उपदेशबाट अभिप्रेरित भएका खत्रीको पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान गर्ने सपना यो पेशामा लागेर पूरा भएको छ । त्यसैले खत्री यो पेशाबाट निकै सन्तुष्टि पनि छन् ।
उनी भन्छन् आज एउटा पत्रकारको रुपमा मलाई समाजमा परिचित गराउने काम यही पेशाले गराएको छ । यो पेशामा नलागेको भए सायदै म समाजमा एउटा परिचित व्यक्तिको पहिचान बनाउन असमर्थ हुन्थे होला । मेरो पत्रकारिता कर्मबाट प्रभावित भएर समाजको एउटा ठूलो तप्काले मलाई सकारात्मक हिसावले चिन्छ । त्यसका अलवा धेरै साथीभाई कामएको छु । सामाजिक रुपमा सम्मानित जीवन बिताउन पाएको छु ।
खत्री पत्रकारितासँगै समाजसेवाको क्षेत्रमा पनि उत्तिकै परिचित नाम हो । अति दुर्गम गाउँमा जन्मिएका खत्रीले प्रवेशिका परीक्षा दिदाँसम्म गाउँमा न विद्यालय थिए, न कुनै संघ संस्थाहरु नै थिए । कखरा चिन्नका लागि करीव डेढ÷दुई घण्टा लगाएर विद्यालय जानुपर्ने विद्यमान अवस्था थियो । घरगाउँमा हुने कुनै सामाजिक कार्यमा दुना टपरीको प्रयोग गर्नुपथ्र्यो । त्यसलाई केही परिवर्तन गर्नुपर्छ भन्ने नयाँ सोँचका साथ समाज रुपान्तरणमा लागेका खत्रीको नेतृत्वमा २०५५ सालमा नवबिहानी एकता युवा क्लवको स्थापना गरेर आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आए । खत्री त्यस संस्थामा झण्डै ११ वर्ष अध्यक्षको भूमिकामा रहेका थिए ।
खत्रीको परिवारमा शिक्षण पेशा र सेना प्रहरी धेरै भएकाले उनलाई पनि त्यही पेशामा लाग्न पे्ररित गरियो र आइ.ए. पास गरेपछि झण्डै ३ वर्ष शिक्षण पेशामा आवद्ध भएका खत्रीलाई लाग्यो कि यो पेशा भनेको आफ्नो जीवन निर्वाहको लागि मात्र रहेछ भन्ने सोँचले शिक्षण पेशा छाडेर पत्रकारिता पेशामा आउने निर्णय गरे । अब मैले समाज रुपान्तरणका लागि लाग्ने हो भने समस्यामा परेका व्यक्तिहरुका बारेमा बोल्न सक्नुपर्छ र आवाजविहिनहरुको आवाज बनेर अघि बढ्नुपर्छ भन्ने उद्देश्य राखेर पत्रकारितामा आएको उनले बताए ।
गरिव, असाहय, अनाथ र पीडितका पक्षमा आवाज उठाउनु वा उनीहरुलाई न्याय दिलाउनु नै खत्रीको पत्रकारिताको मूल ध्यय थियो । बिरामी भएर विभिन्न रोगसँग लडिरहेका र खर्च अभावका कारण उपचार गर्न नसकेका व्यक्तिहरुलाई पत्रिकारिताको माध्यमबाटै उपचार खर्च जुटाई दिएर उपचार गराएका कयौं उहाहरणहरु छन् । वैदेशिक रोजगारमा गएर ठगिएका र अलपत्र परेकाहरुको उद्दारका लागि समेत काम गरेका छन् ।
कुनैपनि पेशामा सक्रिय हुन अनेकौं व्यवधान खेप्नुपर्ने समयमा उनको निरन्तरता चाहे सामाजिक कार्र्यमा होस् या चाहे पत्राकारितामा नै किन नहोस् त्यो अनुकरणीय छ । उनी खोटाङको पत्रकारिताको क्षेत्रमा सुपरिचित एक्टिभिष्ट हुन् । उनी भन्छन् म सपना देख्ने मात्रै होइन त्यो सपना पूरा गर्ने पर्छ भन्ने मान्छे हुँ । पीडा, अभाव र दवाव सबैबाट म परिचित छु । त्यहि अभाव, दबाब र प्रभावलाई चिर्नका लागि म पत्रकारिताको माध्यमबाट अगाडि बढिरहेको छु ।
२०६१ सालदेखि २०६७ सालसम्म नेपाल पत्रकार महासंघ खोटाङको उपाध्यक्ष, २०६७ देखि २०७५ सम्म प्रेस युनियन खोटाङको अध्यक्ष र २०७१ देखि हालसम्म सम्पादक समाज नेपाल खोटाङको सचिवको जिम्मेवारी बहन गरी सकेका खत्रीले नेपाल पत्रकार महासंघको नेतृत्व सम्हालेपछि संघको कार्यालय स्थापना, अफ्ठ्यारोमा परेका पत्रकारहरुलाई आर्थिक सहयोग र पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पत्रकार आर्थिक सहायत कोषको स्थापना गर्न सफल भएका छन् ।
सामुदायिक सेवा केन्द्र खोटाङको सचिव समेत रहेका खत्रीले समाजमा हुने विकृति बिसंगतिका विरुद्धका क्षेत्रमा पनि काम गर्दै आएका छन् । कुलतमा फसेका व्यक्तिहरुलाई सचेतनामूलक कार्यक्रममार्फत आफ्ना गतिविधिहरु अगाडि बढाउदै आएका खत्री कुनैपनि कामलाई निरन्तरता दिने हो भने सफलता प्राप्त हुन सक्ने विश्वास राख्दछन् ।
Latest News
- सिजन मिडियाले नेपालमा पाचौं सस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै
- मिस इकलेज २०२४ का प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा
- चौथो संस्करणको ‘नेशनल सोसल वेलफेयर अवार्ड’ आयोजना हुँदै
- एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ स्वदेश देखी विदेशका व्यवसायीहरूलाई
- सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्ने