Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

Giban Ghimire


Mr. Giban Ghimire
Civil Engineer ,Ithari Dharan
Civil Engineer of The year 2022 DUBAI

जसले शिक्षासँगै सामाजिक काम गरिरहेका छन्, भन्छन–‘सामाजिक कामको पैसा सँग तुलनै हुदैन, आनन्दित हुन्छु ।

इटहरी २०३२ सालमा इटहरीमा जन्मिएका जीवन घिमिरे पेशाले इन्जिनियर हुन हाल इटहरी उपमहानगरपाकिालमा कार्यरत उनी आफ्नो पेशाको अलावा शिक्षासँगै सामाजिक काममा पनि आफ्नो समयसँगै आर्थिक, भौतिक लगानी गर्दै आएका छन् । उनले आफु शिक्षा र सामाजिक क्षेत्रमा लगानी गर्न पाँउदा आन्दित भएको सुनाउँछन् ।

‘सामाजिक संस्थामा काम गर्दा आनन्दित हुन्छ, यही ठाउँमा जन्मिएको र यही ठाउँमा योगदान गर्न पाउदा भरपुर आनन्द हुन्छ, उनी सुनाउँछन्, ‘सामाजिक कामको पैसासँग तुलनै हुदैन ।
विभिन्न समाजिक सँघसंस्था रेडक्रस, परिवार नियोजन, विभिन्न विद्यालय, पुस्तकालय लगायत अन्य विभिन्न संघसंस्थामा प्रत्यक्ष रुपमा सेवा दिदै अएका घिमिरे भन्छ, सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थाले गरेको काम अफैले गरेको जस्तो लाग्छ। उनले विभिन्न संघसंस्थाका निर्माण हुने भवन तथा संरचनाको डिजाइन, ड्रइङ्ग र स्टिमेट तथा सुपरभिजनको काम निःशुल्क गर्दै आएका छन् ।

इन्जिनियरिङ्ग अध्ययन नसकिदै कलिलो उमेरमानै उनले जिल्ला विकास समितिमा जागिरे जीवन शुरु गरे। जागिरको छ महिना पछि उनले इन्जिनियरिङ्ग परामर्श सेवा सम्वन्धि नै काम गर्ने सोच बनाए र इटहरीमै पहिलो पटक घर नक्सा र इन्जिनियरिङ्ग परामर्श सम्वन्धि कन्सल्टेन्सी सञ्चालनमा ल्याए। ६ महिना जिल्ला विकास समितिमा जागिर खाए पछि इन्जिनियरिङ्ग सम्वन्धि नै दीर्घकालिन काम गर्ने सोच आयो । उनी भन्छन, त्यसै बेला इन्जिनियरिङ्ग सम्वन्धि कन्सल्टेन्सी शुरु गरि सेवा सँगै परामर्श पनि शुरु गरियो । इटहरीको घर नक्सना र इन्जिनिरिङ्ग परामर्श सेवा शुरु गरि सेवा प्रदान गर्ने उनी पहिलो व्यक्ति हुन् ।

०५४ सालमै गाउँ विकास समितिबाट नगरपालिका भए पछि उनी पुनः जागिरमा जोडीए ,। उनको जीवनले पटक पटक उत्तरचढाव लिए पछि फेरी जागिरे जीवन शुरु भयो । पटक पटक उत्तरचडाव लिए पनि उनी कहिल्यै थकित बनेनन्। बरु निरन्तर मिहिनेत, दृढ संकल्प र संघर्ष गरिरहे । सोही कारण आज उनि स्थायी जागिरे सँगै सामाजिक काममा सक्रिय छन् ।


विद्यमान अवस्थामा इटहरीका हरेक मानिसले निर्माण सम्वन्धि का गर्दा उनै जीवनलाई सम्झन्छन् । चाहे विद्यालयको भवन निर्माण गर्दा होस वा संघसंस्थाको भवन निर्माण गर्दा । कुनै ठाउँमा कल्भर्ट बनाउदा नै किन नहोस वा पूल निर्माण गर्दा नै नि उनै जीवनलाई सम्झन्छन् । पालिकामै भेटन आउनेहरु थुप्रो हुन्छन् । जागिरको समय सकिए पछि उनैलाई पर्खिरहेका भेटिन्छन् ।

निरन्तर प्रयास, अविरल अभ्यासकै कारण उनी आज आम मानिसकालागि उदाहरणीय पात्रका रुपमा स्थापित भएका छन् । इन्जिनियरिङ्ग पढ्दै गरेका विद्यार्थीहरले पनि उनै जीवनलाई सम्झन्छन र दृढ संकल्पले अध्ययन गर्छन्। जीवनले भने आफुलाई दानवीर समाज सेवी रामभन्द्र अधिकारीलाई सामाजिक काममा अभिप्रेरित गारउने प्रेरणाको श्रोत ठान्दछन्। “रामचन्द्र अधिकरी बुवाले मलाई रेडक्रस परिवार नियोजन संघ लगायतका संघ संस्थामा सेवा गर्ने अवसर प्रदान गर्नु भयो शुरु–शुरुमा” उनले भने वहाकै कारणले अन्य संघ संस्थाले समेत सेवा गर्ने अवसर प्राप्त गरे हाल सम्म पाइरहेको छु । समाजिक कामको लागि वहानै मेरो लागि प्रेरणाको श्रोत हुनु हुन्छ ।

कार्यालयको अतिरिक्त समयमा आफ्नो प्रत्यक्ष रेखदेख रहने गरि परामर्श चाहनेहरुलाई निरन्तर परामर्श दिई रहेको छु । उनले आफ्नो कार्यालयमा जन सम्पर्कको कार्यालय भएका कारण समाजिक काम गर्न उत्प्रेरित भएको सुनाउछन् । जागिर बाहेक शिक्षा र सामाजिक क्षेत्रमा योगदान पु¥याउदै आएका उनि भन्छन, जागिर सँगसँगै जनसम्पर्कको अफिस भएकाले सामाजिक काम गर्न सजिलो छ । समाजिक काम गर्दा आनन्दीत हुन्छु त्यसको पैसासँग तुलनै हुदैन ।