Girija Adhikari (Journalist)
दुई दशक अघिदेखि नेपाली सञ्चारकर्ममा क्रियाशील पत्रकार गिरिजा अधिकारी हाल तु खबर डटकम अनलाइन पत्रिकाको सम्पादकको रुपमा कार्यरत छन् ।
उनले पत्रकारितामार्फत् भ्रष्टाचार न्यूनिकरण, सुशासनको स्थापना र नागरिक अधिकारका निम्ति महत्वपूर्ण योगदान पुर्याएका छन् ।

अधिकारीले प्रेस काउन्सिल नेपालले प्रदान गर्ने प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, शिक्ष्ाँ मन्त्रालय र नेपाल पत्रकार महासंघले प्रदान गर्ने प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, सूचना आयोगले प्रदान गर्ने उत्कृष्ट सूचना पुरस्कार, रिपोर्टस क्लब नेपालले प्रदान गर्ने क्रियाशील युवा पत्रकारिता पुरस्कार, कान्तिपुर दैनिकले प्रदान गर्ने कान्तिपुर पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।
उनलाई पत्रकारिताको क्षेत्रबाट नेपाल राष्ट्रलाई विशेष योगदान पुर्याएबापत् जनसेवाश्री विभूषण समेत प्राप्त गरेका छन् ।
अधिकारीले बीरगञ्जको प्रतीक दैनिकबाट पत्रकारितामा प्रवेश गरी हालसम्म विभिन्न एफएम रेडियो, दैनिक तथा साप्ताहिक पत्रिका र टेलिभिजन तथा अनलाइनमा संवाददाता, समाचार प्रमुख हु“दै सम्पादकको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

नेपाली तथा कानूनमा स्नातक अधिकारी समाचार लेखन र सम्पादनमा खास दख्खल राख्छन् । यसबाहेक अधिकारीले विभिन्न राष्ट्रिय स्तरका दैनिक पत्रिका तथा अनलाइनमा समसामयिक विषयमा लेखहरु लेख्दै आएका छन् ।
Latest News
- ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२५’ को छैटौँ संस्करण काठमाडौँमा आयोजना हुने
- अस्ट्रेलियामा सीजन मिडियाको प्रोफेशनल अचिभमेन्ट अवार्ड हस्तान्तरण सम्पन्न !
- एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डबाट ७ बिदेशी सहित २८ जना सम्मानित
- सिजन मिडियाले ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५’ छैटौं संस्करण कार्यक्रम गर्दै
- सिजन मिडियाद्धारा राष्ट्रिय समाजसेवा सम्मान २०२४ प्रदान