Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/seasonmedianepal/public_html/wp-includes/functions.php on line 6114
Mr. Maish Joshi | Season Media Nepal

Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

Mr. Maish Joshi


Mr. Maish Joshi
Executive Committee Member (ANFA)
Sports Leadership Award 2022 UAE

मनिश जोशी भन्छन्–ठूलो सम्मान र तक्मा पाउन सामाजिक काम गरेको होइन

नेपाली सेनामा कार्यरत बुबाको कार्य यात्राका क्रममा तनहुँको दमौली पुग्दा विसं २०३० साल माघ १० गते त्यहीँ जन्मिएका मनिश जोशीको पुख्यौली घर भने काठमाडौँको टोखा हो ।
उनले सरस्वती विद्या मन्दिर र शान्ति मा वि बाट स्कुले शिक्षा पुरा गरे । २०४६ सालमा एसएलसी सकेपछि खेलकुदकै शिलशीलामा कोरिया, मलेसिया, जापान पुगे । खेलकै कारण युरोपका देशहरु पनि घुमे ।
उनका बुबा गजराज जोशी सेनाको एथलेटिक्स खेलाडी थिए । गजराजले मनिशलाई सानैदेखि बक्सिङ, फूटबल खेलाउँथे । पछि उनलाई त्यही खेल नै जीवनको मार्ग दर्शक बन्यो । देशलाई चिनाउने र आफ्नो शोख पुरा गर्ने माध्यम पनि उनका लागि खेलकुद थियो ।
स्कुले तहदेखि बि डिभिजनसम्मको यात्रामा सरिक रहे । समुदायमा खेलाडी धेरै भए पनि सीप दिन नसक्दा पछाडि परेको अनुभव उनको छ । एन्फाको केन्द्रीय सदस्य रहेका उनले खेल क्षेत्रकै लागि काम गरिरहेका छन् ।
बेथितिको विरोधी भनेर चिनिएका उनले टोखामा मार्सल आर्टदेखि तेक्वान्दो डोजाङ स्थापना गरेका छन् । खेलाडीको छोराछोरीले पढ्न पाओस खेलकुदमा अघि बढोस् भनेर आफ्ना बुबाको नाममा अक्षयकोष सञ्चालन गरेका छन् । गजराज हाफ म्याराथनबाट धावक मिरा राई को खेलकुद यात्रा पनि सुरुभएको उनको भनाइ छ ।
खेलाडीका लागि आवश्यक जुत्ता, पोषाक लगायतका सामग्री बुबाकै अक्षयकोषबाट पुरा गर्छन् उनले । भारतका रामअवतार साथीले फुट भली खेल खेलाउन आग्रह गरे ।
उनी खुट्टा र छातीले खेल्न पाउने यो खेलका लागि अभियान चलाइरहेका छन् । खेलकुदको विकास र खेलाडीको विकास र भविष्य सुरक्षाका लागि राज्यले के गर्नुपर्छ भन्ने नीति बनाउन लागि परेका छन् । खेलको नेतृत्वदायी परिवारमा हुर्केका उनका बुबा खेलबाट र आमा शिक्षाको अभियन्ता बनेर काम गरेका छन् ।
गरिब परिवारका बालबालिकालाई शिक्षा दिलाउने काममा आमाले गरेको काम उनले पछ्याए । प्रजातन्त्र आए पनि टोखा वत्तीमुनिको अध्याँरो थियो । काठमाडौँको दुर्गम भनेर चिनिने टोखामा घरैपिच्छे एक बालबालिका बढाउन स्वयंसेवी बनेर काम गरे ।

बुबाले चन्डेश्वरी स्कुल र सरस्वती स्कुल बनाएका हुन् । त्यसैबेला त्यहाँको प्रधानपञ्च बनेर गाउँमा सेवा गरेका थिए । २०५६ सालमा १० जना बालबालिका थप बढाए । अहिले पनि चेपाङ वस्तीका बालबालिका पढाउने र सहयोग गर्ने कामलाई निरन्तरता दिएका छन् जोशीले । बुबा बितेपछि उनको स्मरणमा पत्रिकामा विज्ञापन गर्नुभन्दा स्थानीय अस्पतालमा शैया किनेर सघाएको उनले सुनाए ।

कतिपय विपद्का बेला सरकारको सहयोग ढिला हुन्छ । भूकम्पका बेला पनि सहयोग सामग्री संकलन गरेर नुवाकोटसम्म सहयोग लिएर पुगेको स्मरण उनी गर्छन् । कोरियाबाट टेन्ट ल्याएर पीडितलाई सुत्ने व्यवस्था मिलाएका अनुभव पनि उनीसँग छ । कोरोनाका समयमा धेरै काम गरे । स्वास्थ्य जनचेतना फैलाउने । मेसिन ल्याएर सेनिटाइजर छर्कने काम गरे । तर हालै भएको स्थानीय चुनावको मेयर दाबी गर्ने व्यक्ति थिए । तर काम गर्ने सोचमा पद चाहेनन् । मरेर जाँदा पैसा भन्दा नाम राखेर जानुपर्छ र धर्म कमाउनुपर्छ भन्नेमा निरन्तर लागिपरे । टोखाको विद्यालयमा अझै पनि विद्यार्थीका लागि पोषाक लागयतका सामग्री निरन्तर दिइरहेका छन् ।

खेलक्षेत्रमा गरेको योगदान स्वरुप मनिष जोशी राम्रो मान्छे हो भन्ने पहिचान बनाएका छन् । ठूलो सम्मान र तक्मा पाउन कुनै काम नगरेको सुनाउँछन् । त्यसमा साथीभाइको माया, ममता र सम्मान नै पर्याप्त छ । ओलम्पिक र साफ खेलमा किन सुनको तक्मा ल्याउन सकिन्न भन्नेमा उनले निरन्तर खेलाडीको अभ्यासमा ध्यान दिन नसक्नु कारक रहेको सुनाए ।
उनलाई राजनीतिक पृष्ठभूमिमा बाल्यकालमा गणेशमान सिंहको औँला समातेर हिडेको अझै याद छ । राजनीतिमा अरुलाई सघाउने पार्टीको नीति अनुसार आफू पछि परेको बताउँछन् । व्यवायमा विभिन्न कम्पनी र संघ संस्था खोलेर काम गरेका थिए ।

खेल क्षेत्र होस अन्यक्षेत्र होस । नीति निर्माण गरेर काम गर्नुपर्ने बताउँछन् । टोखामा सम्पदा संरक्षण गरेर यसलाई पर्यटकीय नगरी बनाउने सोच उनको छ । शक्तिपीठका हिसाबले पनि टोखा पौराणिक कालसँग जोडिएको छ । दक्ष प्रजातिको हवनकुण्ड त्यहीँ छ । धेरै पुरातन मन्दिर त्यहाँ छन् । जातीयभन्दा पनि सम्पदाक्षेत्रलाई अघि बढाएर काम गर्नपर्नेमा जोड दिन्छन् ।
पार्टीभन्दा पनि यहाँको ऐतिहासिक तथा धार्मिक सम्पदा क्षेत्रका रुपमा स्थापित गर्न कम्मर कसेर लागेका छन् । टोखालाई भविष्यलाई चिनाउने सम्पदा र खेल क्षेत्र नै भएको उनले बताए । खेल चउरको निर्माण गर्न सकेमा धेरै खेलाडी र खेलको विकास यही हुन्छ ।
फुटवलमा बि डिभिजनबाट ए डिभिजनमा पुग्ने लक्ष्य र राजनीतिक क्षेत्रबाट टोखालाई समृत बनाउने योजनाका साथ उनी अघि बढेका छन् ।