Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

Mr. Shraban Kumar Kunwar


Mr. Shraban Kumar Kunwar
MD- Club Woodland
Recreation Entrepreneur Award 2022 DUBAI

काठमाडौँ,उच्च शिक्षाको अध्ययनको लागि काठमाडौं प्रवेश गरेका र शुरुवातमा ७०० मा दुनोट पसलमा काम शुरु गर्नुभएका श्रवणकुमार कुँवर अहिले सफल पर्यटन एबं रेष्टुरेन्ट व्यवसायी हुनुहुन्छ ।

विसं २०४४ मा जन्मिनुभएका उहाँ विसं २०६० सालमा सेतीदेवी माविबाट एसएलसी सकेर काभ्रेबाट काठमाडौँ आएपछि उहाँको संघर्षको यात्रा शुरु भयो । सबै ठाउँ नयाँ, ठाउँ चिनिएको थिएन तर पनि आफ्नो यात्रा शुरु गर्नुभयो । कयौँ हण्डर र ठक्कर खाएर उहाँले यात्रा अघि बढाउनुभयो । बासको लागि भने दिदीको घर थियो ।

शुरुमा दाइको रेष्टुरेन्टमा काम सिक्नुभयो त्यस संगै पशुपति क्याम्पसमा पढ्न पनि थाल्नुभयो । पाँच दाजुभाईको कान्छो उहाँ केही समयपछि काम छाडेर आफैँ काम गरेर पढ्नुपर्ने बाध्यता आइपर्यो ।

उहाँले शुरुमा हाँडीगाउँमा दुनोट पसलमा मासिक ७०० मा काम शुरु गर्नुभएको अनुभव सुनाउनुभयो । त्यो तलब लिएको पैसाले दाईसँग बसेर पिजा खानुको अनुभव उहाँका लागि इतिहास बन्न पुगेको छ ।

दुनोट कारखानामा रातभरी काम गर्नुपर्ने भएकाले दुई महिना मै काम छाडेर अन्य रेष्टुरेन्टमा नै काम थाल्नुभयो । खेल क्षेत्रमा सानै देखि रुचि भएकाले त्यसपछि विहान विहान रंगशालामा कराँते सिक्न थाल्नुभयो । झण्डै ९÷१० महिना सिक्नुभयो र फेरी कामका समस्याले गर्दा खेलक्षेत्रवाट पनि विश्राम लिने निर्णय गर्नु भएका कुवर फेरि आफ्नै दाईको रेष्टुरेन्टमा फर्किए पनि दाजुभाइको सम्बन्धमा कारण उक्त रेष्टुरेन्टमा पनि धेरै समय काम गर्न सक्नु भएन ।

त्यो बेला दुख गरेर काम गरेको थोरै थोरै पैसा जेठी दिदीलाई सुटुक्क राख्न दिएको थिए त्यही बचत गरेको पैसाले दिदीले साइकल किन्दिनुभयो ।

अनि फेरि कलेज शुरु गरे पनि तर काठमाडौंको जाडो अनि गरिवीका कारण राम्रो कपडा किनेर लागाउन नसक्ने भएकाले कलेज जान पनि लाज भयो । जाडो समयमा सबै राम्रो बनेर आउने त्यो बेला दिदीले किनेको ज्याकेट खुइलियो, अनि लाजले कलेज छाड्नु पर्ने अवस्था सृजना भयो ।

त्यस पछि फेरी आफैले रेष्टुरेन्टमा काम गरेको अनुभवलाई आफ्नै व्यवसाय खोलेर काम गर्दा गर्दै रेष्टुरेन्टको काम थोरै लगानीले धेरै नाफा हुने कुरा थाहा पाउनुभएका उहाँले आफूले कमाएको पैसामा दिदीले सुन राखेर जसोतसो एक लाख पुर्याएर दिनुभयो र त्यही एक लाखबाट व्यापार आफैले बानेश्वरमा फाष्टफुड रेष्टुरेन्ट चलाउन थाल्नुभयो ।


त्यो विसं २०६३ सालको कुरा थियो । जनआन्दोलनको समयमा ज्यान बचाएको क्षण दुखदायी छ उहाँसँग । त्यो व्यवसायले एकदम राम्रो कमाई भएको थियो । एक सालमा दिदीको पैसा तिरेर बाईक किन्नेसम्मको कमाई भइसकेको थियो ।

त्यसपछि २०६४ सालमा अन्य युवाहरु जस्तै विदेश जाने लहर चल्यो । कमाउमा साथीसँगै ६ लाख लगानी गरेर मकाउ जानुभयो । दुख गरेर कमाएको पैसा, बाइक बेचेर अनि केही ऋण लिएर विदेश जानुभएको थियो । कुल ४० दिन बस्दा उहाँलाई क्यासिनोको बाउन्सर भनेर लगेकोमा अन्य काममा लगाइदिए पछि केही साथीहरु मिलेर एजेन्टसंग झगडा गरेर फर्किनुभयो । फर्किएपछि एजेन्टले पैसा ३० प्रतिशत मात्रै फिर्ता दियो । त्यही पैसाले फेरी रेष्टुरेन्ट व्यापारमा फर्कने निधोमा साथ पुरानै व्यापार शुरु गर्न थाल्नुभयो । फेरी दिदीसँग रु २ लाख ऋण मागेर रेष्टुरेन्टमा लगानी गरेर शुरु गर्नुभयो । उतारचढावका बीच धेरै दुख र मेहनतले उहाँ नाफाको यात्रामा निरन्तर उकालो लाग्दै जानुभयो । १८ वर्षमा व्यवसाय शुरु गर्नुभएका उहाँले अहिलेसम्म दर्जन भन्दा पढी रेष्टुरेन्ट बनाएर बेचेको अनुभव छ । ‘आफनो हातले, आफ्नो डिजाइनले रेष्टुरेन्ट बनाएर चलाएँ छाडे, अहिले दरवार मार्ग गंगवु र ललितपुरमा चार वटा रेष्टुरेन्ट सन्चालन गरि रहनु भएको छ ।

उहाँले थप्नुभयो, ‘७०० मा जागिर शुरु गरेको, ज्याकेट लगाउन नसकेर पढाई छाडेको मान्छे, अहिलेको समयमा दुख मेहनत परिश्रमले चार रेष्टुरेन्ट बनाउनु सयौका संख्यामा युवा युवतीहरुलाई रोजगारी दिनु र आफ्नो घर बनाउनु, आफ्नो कमाईले गाडी चढ्नु, आफुले अध्ययनलाई निरन्तरतादिन नसकेतापनि आफ्नो छोरा छोरी लाई राम्रो स्कुलमा पढाउन पाउनु यही हो मेरो सन्तुष्टि हो ।’

कोरोना महामारीको लकडाउन अघि मासिक आन्दानी १०÷१२ लाख हुन्थ्यो । तर त्यसपछि रेष्टुरोटको व्यापारमा केही कमी आएको वताउनु हुन्छ । तर म सन्तुष्ट हुनुहुन्छ उहाँ भोलिको दिनमा पनि यसै व्यापारलाई विस्तार गर्दे लाने सोचका साथ पर्यटकलाई आकिर्षत गर्न ठुलो लगानी गरेर अर्काे रेष्टुरेन्ट चलाउने योजना रहेको वताउनु हुन्छ ।
हाल आफनो जन्म थलोमा अन्य साथीहरुसंगको सहकार्यमा दोलालघाटमा सुविधायुक्त रिसोर्ट बनाउने र पर्यटनलाई टेवा पु¥याउने सोच रहेको पनि वताउनुभयो ।