Nirmal Sigdel
Nirmal Sigdel
MD, Uni Ride Auto
Prominent Automobile Entrepreneur Award
म्यानेजिङ डाइरेक्टर, युनिराइड शोरुम, महालक्ष्मीस्थान
विसं २०४० सालमा मोरङको उर्लाबारीमा जन्मिएका निर्मल सिग्देल अहिले अटोमोबाइल क्षेत्रमा स्थापित नाम भइसकेको छ । उनी ललितपुरको महालक्ष्मीस्थान स्थित युनिराइड शोरुमका म्यानेजिङ डाइरेक्टर हुन् । साथै, उनको द बर्गर हाउससमेत सञ्चालनमा ल्याएका छन ।
प्रारम्भिक शिक्षा मोरङमै लिएका निर्मलले कक्षा ९ देखि भने काठमाडौंमा पढ्न थालेका थिए । एसएलसीपछि भने उनको स्नातकोत्तरसम्मको पढाई यात्रा युनाइटेड कलेजबाट सम्पन्न भयो । काठमाडौंको सहरी वातावरणमा हुर्कदै गर्दा उनी केहीसमय दिग्भ्रमित भई करियर सुरु गर्न समय लाग्यो । तर उनका मामा गोपी न्यौपानेले उनलाई सबै पक्षबाट सहयोग गरेपछि उनको जीवन पनि लयमा आयो । फलस्वरुप उनले २०६१ सालबाट चौधरी ग्रुपमा जागिर थालनी गरे । त्यहाँ निरन्तर १६ वर्ष विभिन्न अटोमोवाइल लगायत विभिन्न कंपनीको डिपार्टमा काम गर्ने अवसर उनले प्राप्त गरे ।
लामो समय एउटै कम्पनीको अटोमोवाइलमा क्षेत्रवाट आफूलाई समर्पित गराएका निर्मलले अन्ततः १६ वर्षे जागिरे जीवनबाट बिदा लिएर आफ्नै काम गर्ने निधो गरेका थिए । सोहीअनुरुप उनले महालक्ष्मीस्थानमा युनिराइड शोरुम सञ्चालनमा ल्याएका हुन् । करियरको अधिकांश समय अटोमोबाइल क्षेत्रमै बिताएकाले पनि उनलाई आफ्नो काम थाल्न कुनै चुनौती भएन । उनका साथी विष्णु श्रेष्ठ, सिजि ग्रुप साथै जगदम्वा ग्रुपका प्रवन्ध निर्देशक दीपक अग्रवालले उनलाई प्रेरणा र हौसला जगाइरहे । हाल उनले कुमारीपाटीस्थित जगदम्बाको शोरुम पनि आफैले सन्चालन गरिरहेका छन ।
आफू जागिरे जीवनबाट अटो व्यवसायी बनेको दृष्टान्त नभुल्ने निर्मलले आफ्नो शोरुममा कार्यरत कर्मचारीहरुलाई पनि आफैंले काम थाल्ने सवालमा सघाउने सुनाउँछन् । शोरुम सहितको शुभारम्भमा अथाह लगानी चाहिने हुँदा सुरुमा स्पेयर पार्टस् र सर्भिस सेन्टरको रुपमा मात्र काम गर्न पनि सकिने नवप्रवेशीलाई उनको सुझाव छ । हाल उनले सयौका संख्यामा रोजगारी सृजनागरी युवाहरुलाई नेपालमा नै काम गरेर राम्रोसंग जीवनयापन गर्न सकिन्छ भन्ने राम्रो सन्देश दिइ एक सफल युवाको उदाहरणीय काम गरी रहेका छन ।
एउटै विधामा लामो समय आफूलाई पोख्त बनाइरहँदा उनलाई अटो क्षेत्रले चिनिसकेको छ । गत वर्षमात्र उनले बेस्ट डेब्यू डिलरको अवार्ड लगायत विभिन्न अवाड समेत हात पारी सकेका छन । भने यस वर्षपनि उनले वेष्ट फोकस डिलरको अवार्ड हात पार्न सफल भएका छन । हाल उनी व्यापार संगै सामाजिक सेवामा पनि लागी रहेका छन । हाल सालै यूनाइटेड कलेजमा अध्ययरत पूर्व विद्यार्थीहरुको विच सस्था स्थापना गरेर अध्यक्षका रुपमा काम गरी रहेका उनी यूवापुस्तालाई नेपालमानै रोजगारी गरेर खुसीको जीवजयापन गर्न सकिन्छ भन्ने उदाहरणको पात्र वनीरहेका छन ।
Latest News
- सिजन मिडियाले नेपालमा पाचौं सस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्दै
- मिस इकलेज २०२४ का प्रतियोगीहरुले देखाए आफ्नो प्रतिभा
- चौथो संस्करणको ‘नेशनल सोसल वेलफेयर अवार्ड’ आयोजना हुँदै
- एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२३’ स्वदेश देखी विदेशका व्यवसायीहरूलाई
- सिजन मिडियाले नेपालमा अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्ने