Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/seasonmedianepal/public_html/wp-includes/functions.php on line 6114
Rajendra Kumar Moktan | Season Media Nepal

Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

Rajendra Kumar Moktan


Mr. Rajendra Kumar Moktan
Director, Gauri Shankar Thanka Painting & School
Thanka Business Entrepreneur Award 2022 DUBAI

थाङ्का व्यवसायी मोक्तानको अनुभव ः मेहनत र इमान्दारिता नै सफलताको कडी

जीवनमा सफल हुन धेरै पढेर एकै चोटी धेरै कमाउनुपर्छ भन्ने छैन । मेहनत र इमान्दारिताका साथ निरन्तर लागिपरे सफल भइन्छ भन्ने उदाहरण हुन थाङ्का व्यवसायी राजेन्द्र कुमार मोक्तान ।
विसं २०३९ सालमा रामेछाप जिल्लाको साबिक हिलेदेवी गाउँ बिकास समिति वडा न.३, हाल सुनापती गाउँ पालिका वडा न. ३ मा जन्मेका उनी आमा मोति तामाङ र बुबा बकान सिंह तामाङका सुपुत्र हुन । मोक्तानको परिवारमा चार दाजुभाई र दुई दिदी बहिनी रहेका छन भने उनी कान्छो छोरा हुन । उनले श्रीकृष्ण प्राथमिक विद्यालयमा प्राथमिक शिक्षा र पशुपति मा वि बाट २०५७ सालमा एसएलसी सम्मको अध्ययन गरे ।

एसएलसी दिएर काठमाडौँमा आएका उनी आर्थिक अभावका कारण उच्च शिक्षा लिन सकेनन । तर हिम्मत भने कहिले हारेनन । कर्मशिल स्वभाव र वाध्यताका कारण गाउँ बाट पायल चप्पल वर्ष दिनसम्म धसारेर काम खोज्दै भौँतारिएको उनी स्मरण गर्छन । कहिले घर बनाउने, कहिले घरमा रङ लगाउने, सेक्युरिटी गार्डको काम र अरु ज्यालादारी काम गरेर छाक टारेका दुखमय दिनहरु उनका स्मरणमा ताजै छन ।

त्यो बेलामा जसरी हुन्छ जीवन परिवर्तन गर्नुपर्छ भनेर भारतको जम्बुकास्मिर र मलेसिया जस्ता देशमा मजदुरीको लागि २०६० सालमा मलेसिया गएर जीवनको बाटो पनि खोजे । तर जति विदेशमा काम गरे पनि स्वदेशमै केही नगरेसम्म जीवन सुध्रिंदैन भन्ने लागेर २०६३ सालमा स्वदेश फर्किए । विदेशमा हुँदा पनि दैनिक काममा मात्र ध्यान नदिई साप्ताहिक पत्रिकामा पनि पत्रकारिता काम गरे । विसं २०६३ सालमा देश फर्केर देशको राजनीतिक धारमा प्रवेश गरे । पार्टीमा लागेर समाजसेवा गर्छु भन्दा आफू सङ्ग भएको पैसा सबै सकियो, ऋण थुप्रियो । अब केही नगरी बाँच्न सकिन्न भन्ने लागेपछि अवसर खोज्न थाले । आफ्नो दाइको थाङ्का चित्र बनाउने र बेच्ने काममा केही गर्न सकिन्छ कि भनेर सघाउन थाले । दाजुको व्यवसायमा सघाउँदै व्यवस्थापनको काम थाले । आफ्नै आस्था र संस्कारसँग जोडिएको त्यो काम उनलाई फाप्यो ।

दिनभरी काम गरेर राजधानीको ठमेल बजामा लगेर बेच्नुपथ्र्यो । त्यही पैसाले हरेक दिनको कामको खर्च र परिवारको गुजारा चलाउँथे उनी । आर्थिक अवस्था कमजोर भएकै कारण ठूलो थाङ्का बनाउन नसकेको उनी सम्झन्छन ।
परिवारका सदस्यबाट सुरुवात भएको थाङ्का व्यवसायमा अहिले ४६ जनाले रोजगार पाएका छन । मेहनत गरे कुनै पनि पेसामा इमान्दार भएर कमाउन सकिन्छ भन्ने विश्वास उनी व्यक्त गर्छन ।

अहिले गौरीशंकर थाङ्का पेन्टिङ एण्ड स्कुलको नाममा उनको थाङ्का उद्योग छ । बुद्धिष्ट समुदायको आस्थासँग जोडिएको थाङ्का चीन, हङकङ, जापान, ताइवान, भारत, अमेरिका र थाइल्याण्ड लगायतका देशहरुको आस्थाको केन्द्र गुम्बामा टास्न र अन्य युरोपियन मुलुकमा सजावटका रुपमा सजाइने गरिन्छ । ति देशहरुबाट माग आएपछि कारखानामा थाङ्का निर्माण गरिन्छ र अडर बमोजिम विदेशी आफैँले लिएर जान्छ । यसले उनको परिवारको व्यवसायमात्र चलेको छैन देशलाई वैदेशिक मुद्रा आर्जनको स्रोत पनि उहाँको व्यवसाय बनेको छ । पैसा छैन भनेर बस्नुभन्दा पनि मेहनत गरेर व्यवसायलाई यहाँसम्म ल्याइपुर्याउन सकेकोमा उहाँ गर्व गर्नुहुन्छ । पछिल्लो सयम हङकङ सिंगापुर, थाइल्याण्ड, जापान, कोरिया, इजरायल, मलेसिया, जर्मनलगायत विभिन्न देशहरुमा हुने प्रदर्शन मेलाहरुमा नेपालको थाङ्का प्रदर्शनी र बिक्रीका लागि लाने गरिन्छ ।

उनी अहिलेको अवस्थामा सानो लकेट पाँचदेखि दशहजार रुपियाँ मूल्यदेखि २७ लाख रुपियाँसम्मको थाङ्का बिक्री गर्छन । थाङ्का बनाउन सहज छैन । यो बनाउँदा एउटै व्यक्तिले सबै काम गर्नेभन्दा पनि त्यसमा देखिने आकृति, रंगरोगन र सुनको जलप लगाएर सजाउने काम फरक फरक व्यक्तिले गर्छन । थाङ्काको स्केच बनाउने र अन्तिम फिनिसिङको काम उहाँको दाजु अभय मोक्तानले गर्छन । अन्य चरणवद्ध रुपमा काम गर्दा एउटा थाङ्का पुरा गर्न पाँच जना कालिगड जुट्दा झण्डै तीन महिना समय लाग्ने उनी सुनाउँछन ।

थाङ्का बनाएरै महिनाको खर्च सबै कटाएर पाँचदेखि सातलाख रुपियाँ नाफा गर्न सकिने उनको अनुभव छ । मानिसको महात्वाकांक्ष कहिले पनि पुरा हुँदैन । उनका अनुसार हिजो ठमेलको बजारमा भर पर्ने गरेकोमा अहिले अन्तर्राष्ट्रिय बजारमा पुगिसकेको छ । ‘सन्तुष्टीको कुरा गर्ने हो भने हिजो दश,बीस हजार भए पनि पुग्थ्यो । आज सत्ताइस लाख कमाए पनि पुग्दैन । व्यवसाय बढाउन र धेरैलाई रोजगारी दिएर धेरै देशमा व्यापार फैलाउने सोच कायमै छ उनले भने ।
भविष्यमा समाजसेवा गर्दै राजनीतिक यात्रामा लाग्ने योजना उनको छ । गाउँमा एउटा नमूनाको रुपमा कृषि फर्म र गाउँमै रोजगारिको लागि थाङ्काको विस्तार गर्ने सोच पनि उनको छ । विगतका दिन निकै कठिनताका साथ बच्चाको स्कुलको शुल्क दिन नसके पनि अहिले धेरैको परिवार पाल्न सक्ने अवस्थामा पुग्नु सन्तोषको कुरा भएको उनी बताउँछन ।

उनलाइ २०७५ सालमा नागरिक एकता समाज द्वारा राष्ट्रिय सेवा सम्मान २०७४ प्रदान पनि गरेको थियो । कोभिड महामारीका कारण लक डाउनको समयमा धेरै थाङ्का उद्योगहरु बन्द भए । तर आफ्नो उद्योग एक दिन पनि बन्द नभएर काम गर्न सकेकाले घाटा बेहोर्नु नपरेको उनको अनुभव छ । उनी अहिले २०२२ नोभेम्बर १६ देखि २० सम्म जर्मन र लन्डनमा हुने प्रदर्शन मेलामा जाने तयारी गर्दै छन ।