Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/seasonmedianepal/public_html/wp-includes/functions.php on line 6114
Suman Thapa, Banker | Season Media Nepal

Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

Suman Thapa, Banker


Mr. Suman Thapa
Brand Management CSR/ Media ,Sunrise Bank
Banking Brand Manager of The Year 2022 DUBAI

जुन काममा रमाइन्छ, त्यसैले सफलता दिन्छ ः सुमन थापा
परिवारको कान्छो छोराका रुपमा काठमाडौँको असनमा जन्मिनुभएका सुमन थापा सानैदेखि कला र साहित्यमा विशेष रुचि राख्नुहुन्थ्यो ।
बाल्यावस्थादेखि नै टेलिभिजनमा देखिने विज्ञापनहरु उहाँलाई साह्रै मन पथ्र्यो । छोटो मिठो तरिकाले मन छुने विज्ञापनको प्रस्तुति उहाँलाई साह्रै मन पथ्र्यो । त्यसैबेला उहाँको मनमा कसरी र कसले यस्ता विज्ञापन बनाउँछ होला भन्ने जिज्ञासा जाग्थ्यो । आफूले बनाउन पाए यसरी बनाउँथें भन्ने सोच पनि पलाउथ्यो । एकमार्क एकेडमीबाट प्लस टु अध्ययनपछि आइटी क्षेत्रमा केही गर्ने लक्ष्यका साथ उनी बिआइएम अध्ययनमा होमिएका हुन् ।

फरक रुची पछ्याउँदै मार्केटिङमा स्नातकोत्तर गरेका उनले रुची अनुसार म्यानुफ्याक्चरिङ कम्पनीमा सेल्स एण्ड मार्केटिङको काम गरेका हुन् । त्यहाँ सेल्स, मार्केटिङ, सप्लाइ चेनदेखि उत्पादनसम्मको अनुभव लिदैँ आफूलाई ब्राण्डिङ, मार्केटिङ, एडभरटाजिङ क्षेत्रमा प्रभावकारी बनाउन उनी सधैं अभ्यस्त रहे ।

नेपालमा भिआर सुरु हुन लागेको बेला उनले भि आर टुरको व्यवस्था गर्नुभयो । त्यो एपको प्रयोगले एक ठाउँमा बसेर अर्को ठाउँको घरभित्र र बाहिर सबै हेर्न पाइन्थ्यो । त्यस सुविधाले घरहरु बिक्री गर्न निकै सजिलो भएको थियो । यसबीच उहाँले धेरै संघ संस्थाहरुको ब्राण्डिङदेखि रिब्राण्डिङको रणनीति बनाउनुभयो । सनराईज बैंकमा प्रवेशसंगै उनले आफ्नो यस अघिको अनुभवलाई बैंकको ब्राण्ड, विज्ञापन, मिडिया र सिएसआरका क्षेत्रमा अझ बढी प्रभावकारीता थप्न सफल भए ।

व्यक्तिदेखि व्यवसायिक व्यक्तित्वको यात्रा तय गरेका उनी हरेक व्यक्तिले जीवनमा आफ्नो इच्छालाई बुझ्नुपर्छ र आफ्नो जीवनको उदेश्यलाई सही मार्गनिर्देशन गर्नुपर्छ भन्ने विचार राख्दछन् । आफू ज्ुन काममा रमाइन्छ, त्यही कामले मानिसलाई सफलतातिर डोहोर्याउँछ भन्ने कुरा उनी आफ्नो अनुभवको महत्वपूर्ण सिकाई मान्दछन् ।