Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/seasonmedianepal/public_html/wp-includes/functions.php on line 6114
Urmila Gauchan (ANU) | Season Media Nepal

Call Us

+977-9851044835

Email Us

seasonmedia2007@gmail.com

Urmila Gauchan (ANU)


Ms. Urmila Gauchan Sherchan
Social Worker
Female Social activist Award 2022UAE

काठमाडौँको भोटेबहालमा जन्मनुभएकी अनु उर्मिला शेरचनको जीवनको भोगाइ फरक खालको छ ।

बाबा आमाको एकआपसको मनमुटावका कारण बाल्यकाल सोचेको जस्तो भएन आमाको सहयोगलेनै काठमाडौंमा रहेर पठन पाठन गर्ने ईच्छा हुँदा हुँदै पढाईमा धक्का प¥यो तर हामी तीन छोराछोरी को भरपूर सम्पूर्ण हूरकाई दूःख सूख आमाको काखमा भयो तेसैले म आमालाई भगवान भन्दा माथीको दर्जामा राख्ने गर्छू पारिवारिक समस्याका कारण पठनपाठनलाई राम्ररी अघि बढाउन नसके पनि उहाँले विएसम्म पढ्नुभयो ।

बुबाको बुटबल बसाईको शिलशीलामा काठमाडौँ बुटवल गर्दागर्दै पढाइमा समस्या उत्पर्न भएको उहाँ सुनाउनुहुन्छ ।

अनुले विसं २०५२ सालमा पद्मकन्या कलेज बागबजारबाट क्याम्पसको जीवन सक्नुभयो । सामाजिक सेवामा औधी रुचि भएकाले आर्टमा त्यसमाथी समाजसेवाकै विषय रोज्नुभयो र त्यसैगरी अघि बढाउनुभयो ।

व्याचलसर पढ्दापढ्दै रोजगारीको शिलशीलामा जापान पुग्नुभयो । जापानमानै विवाह भयो । एक छोरा र एक छोरीकी आमा शेरचनका छोरा १८ वर्षका छन् । छोरी १३ वर्षमा लागिन् छोरी सानै उमेरमा मोडलिङमा सक्रिय छिन भने विभिन्न म्यूजिक भिडियोहरुमा पनि अभिनय गरेकी छिन ।

श्रीमान विदेशवाट फर्किय पछि ठमेलमा थकाली भान्साघर क्याफे सन्चालन गरी काम गरी रहनु भएको छ । उनी आफै साथीहरुसंग हाल ट्रिनिटी डान्स स्टुडियो पनि सन्चालन गर्नु हुन्छ । तर उहाँ सामाजिक सेवा तथा घरकै काममा व्यस्त हुनुहुन्छ । लायन्स क्लबमा आवद्ध भएर सेवा गर्दै पनि आउनुभएको छ ।

‘मनदेखिनै समाजसेवा गर्न लागि पर्नु भएका उहाँ त्यसको श्रेय आफैँलाई दिन्छु आफैँले दुख भोगेरै समाजसेवामा लागेको हो, भोगाइको प्रतिविम्ब हो मेरो समाजसेवा’, उहाँले भन्नुभयो ।

विसं २०६९ सालबाटै सामाजिक काममा लाग्नुभएको हो । कतिले म्यासेन्जरमा समस्या भयो भनेर भन्ने वित्तिकै आफ्नो पकेटमनी कटाएर पनि सेवा दिनुहुन्छ उहाँ ।
शुरुमा फेसबुक नचलाउने बानी खासै थिएन । उहाँले २०७२ को भूकम्पमा सितापाइलाका केही ठाउँमा सहयोग गरेर आउनुभयो । फेसबुकमा हाल्दा कसैले सहयोग गर्छ की भन्ने सोच पलायो । ‘त्यसपछि फेसबुकमा हालेको देश विदेशबाट ठुलो सहयोग प्राप्त भयो र मैले ठाउँठाउँमा सहयोग गर्न पाएँ’, उहाँले सुनाउनुभयो । त्यसपछि बल्ल सामाजिक सञ्जालको महत्व पुन बुझनुभयो ।

अरुबाट प्राप्त सहयोग लिएर आफु माध्याम बन्दा पनि खुसी लाग्ने उहाँले सुनाउनुभयो । अनि सेवा अभियानलाई निरन्तरता दिनुभयो । त्यसपछि विभिन्न सामाजिक संघसस्था र आश्रमहरुमा लाखौ सहयोग गरेको बताउनुभयो ।

कोभिडको जोखिमका बेला धेरै सहयोग गरेको अनुभव उहाँसँग छ । ज्यानै जोखिमा राखेर काम गरेको नै त्यही बेला हो भन्नुहुन्छ उहाँ । एक दिन ११८ घरमा एकै पटक सहयोग गर्नुभयो ।

फेसबुकमा हाल्दा धेरै ठाउँबाट सहयोग आउँथ्यो । उक्त सहयोग संकलन गरेर सवैलाई विभिन्न सामाग्री तथा नगद रकम बाँड्दै हिड्नु भयो । उहाँले भन्नुभयो, ‘खर्च एकदम क्लियर भएको मान्छे बरु सय रुपैयाँ थपेर दिन्छु १०० लिन नपरोस् भन्ने चाहना मेरो छ ।’

अहिले पनि आमा, ससुरा बा लगायतका तिथि, छोराछोरीको जन्म दिन लगायतमा सहयोग गरिरहनुहुन्छ । त्यसका साथै अरुले पनि सहयोगको हात बढाउदा त्यो ल्याएर दिने गर्नुहुन्छ ।

भोलिको दिनमा राम्रो वृद्धाश्रम खोलेर बुढाबुढीको सेवा गर्ने मन रहेको सुनाउनुभयो । बाटोमा बेवारिसे मान्छे फेला पर्यो भने लौन उद्धार गर्नुपर्यो भनेर जानकारी आउँछ । अनि उद्धार पनि गर्ने गर्नुहुन्छ ।
उहाँलाई समाजसेवा भनेको मानवीय धर्म हो जस्तो लाग्छ । समाजसेवाले शान्ति मिल्छ । ओहो कस्तो राम्रो काम गरेकी भनेर अरुलेभन्दा खुसी लाग्ने र मनमा सन्तुष्टी मिल्ने उहाँले सुनाउनुभयो त्यसैले आगामी दिनहरुमा समाजसेवालाई निरन्तरता दिने सोच उहाँको छ ।